भारतको केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्ड (सीबीआईसी) ले दबाब दिएपछि स्थानीय एजेन्टले आन्दोलनका कार्यक्रम स्थगित गरी काममा फर्कने सम्पूर्ण कामदारलाई आइतबार निर्देशन दिएका छन् । नेपाल फ्रेट फरवार्डस एसोसिएसनका पूर्वअध्यक्ष राजन शर्माका अनुसार आन्दोलनकारी संस्थाले आफ्ना कामदारलाई काममा फर्कन निर्देशन दिसकेकाले सोमबारदेखि नेपालतर्फको कार्गो ढुवानी नियमित हुनेछ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रबीशंकर सैजूका अनुसार एजेन्टले आन्दोलन फिर्तालिने आन्तरिक निर्णय गरी सदस्य कामदारलाई जानकारी गराइसकेकाले सोमबारदेखि पूर्ववत् रूपमा नेपालतर्फको कार्गो आउनेछन् । एजेन्टको आन्दोलनका कारण कोलकाता बन्दरगाहमा करिब ६ सयको संख्यामा कन्टेनर अलपत्र थिए ।
अन्नपूर्ण पोष्टबाट