२०८३ भाद्र ३० मंगलबार

रोजगार संयोजक : माग ७५३, आवेदन २४ हजारको

ई आर्थिक    शनिबार, माघ १९ २०७५
3.2K
Shares
रोजगार संयोजक : माग ७५३, आवेदन २४ हजारको

काठमाडौँ : प्रत्येक स्थानीय तह मातहत रही सञ्चालन हुने रोजगार सेवा केन्द्रमा रहने रोजगार संयोजकमा करीब २४ हजारले आवेदन गरेका छन् ।

यही माघ ४ गतेदेखि आवेदन खुल्ला गरिएकामा आज अपराह्नसम्म सातै प्रदेशमा गरी २३ हजार ९८६ जनाले रोजगार संयोजकका लागि आवेदन पेश गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले ७५३ स्थानीय तहमा एक÷एक जना रहने गरी रोजगार संयोजकको आवेदन गरेको थियो । प्रदेश नं १ बाट तीन हजार ६६५, प्रदेश नं २ बाट तीन हजार ६७१, प्रदेश नं ३ बाट चार हजार ९९४, गण्डकी प्रदेशबाट एक हजार ९५५, प्रदेश नं ५ बाट दुई हजार ३०१, कर्णाली प्रदेशबाट तीन हजार ३७८ र सुदूरपश्चिम प्रदेशबाट चार हजार चार जनाको आवेदन परेको प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

प्राप्त दरखास्तबाट तोकिएको मापदण्डका आधारमा स्वचालित कम्युटर प्रणालीबाट रिक्त पदको तीन गुणा बराबरको आवेदकको प्रारम्भिक सूची तयार गरिने उहाँले जानकारी दिनुभयो । प्रारम्भिक छनोट सकिएसँगै कम्प्युटर सीप परीक्षाका लागि सूचना जारी गरिने उहाँको भनाइ थियो । रोजगार संयोजकले स्थानीय तहभित्र रहेका बेरोजगार व्यक्तिको तथ्याङक सङ्कलन तथा विश्लेषण गरी बेरोजगारको सूची अद्यावधिक गर्ने, सूचीकृत बेरोजगार व्यक्तिलाई परिचयपत्र प्रदान गर्ने छन् ।

रोजगारदाताबाट माग भए बमोजिम सूचीकृत बेरोजगार व्यक्तिलाई रोजगारीका लागि काममा जान सूचित गर्ने, बेरोजगारको ज्ञान, सीप, अनुभव, क्षमता र बजारको मागका आधारमा आवश्यक पर्ने सीप विकास तालीमको पहिचान गरी सम्बन्धित तालीम केन्द्रमा सिफारिस गर्नेछन् । बेरोजगार परिवारलाई प्रदान गर्ने निर्वाह भत्ता वितरण गर्ने र रोजगारसम्बन्धी सरोकारवालाई सहजीकरण गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij