२०८३ साउन १२ मंगलबार

दोस्रो हिमालयन हाइड्रो एक्स्पो सम्पन्न, ६० हजारले गरे अवलोकन

ई आर्थिक    सोमबार, माघ ७ २०७५
3.7K
Shares
दोस्रो हिमालयन हाइड्रो एक्स्पो सम्पन्न,  ६० हजारले गरे अवलोकन

काठमाडौँ : दोस्रो हिमालयन हाइड्रो एक्स्पो आज सम्पन्न भएको छ । उक्त एक्स्पोको ६० हजार नागरिकले अवलोकन गरेको आयोजक संस्था स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपाल (इपान) ले जनाएको छ ।

शुक्रबारदेखि शुरु भएको एक्स्पोले जलविद्युत् क्षेत्रका नवीनतम खोज तथा अनुसन्धानका बारेमा समेत जानकारी गराएको थियो । शुक्रबार १२ हजार, शनिबार २८ हजार तथा अन्तिम दिन आज २० हजारभन्दा बढी नागरिकले अवलोकन गरेका थिए । विशेषगरी जलविद्युत्सँग सम्बन्धित प्रविधि तथा पछिल्ला उत्पादनमा अवलोकर्ताको विशेष आकर्षण देखिएको थियो ।

शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेको सो एक्स्पोको पूर्वऊर्जामन्त्री राधा ज्ञवालीका साथै सङ्घीय संसद्का सदस्यलेसमेत अवलोकन गरेका थिए । एक्स्पोमा जलविद्युत् प्रवद्र्धक, सामान आपूर्तिकर्ता, लगानीकर्ता, बैंक तथा बीमालगायत जलविद्युत्मा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij