काठमाडौं । नेपाल स्थति श्रीलंका राजदुतवास र नेपाल श्रीलंका चेम्बरअफ कमर्श एण्ड इन्ड्रष्टिजको संयुक्त तत्वावधानमा नेपाल र श्रीलंका बीचको आर्थिक सम्बन्ध विस्तारका बिषयमा छलफल केन्द्रित गरिएको छ । नेपाल र श्रीलंका बीच दौत्यसम्बन्ध कायम भएको ६१औं वर्ष गाठको अवसरमा नेपाली उद्यमी व्यवसायी र श्रीलंका राजदुतावासका बीच कसरी दुई देशिय सम्बन्धलाई आर्थिक हिसावले घनिभूत गर्न सकिन्छ र लगानीलाई दुवैतर्फ कसरी आकिर्षत गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको छ ।
कुटनितिक सम्बन्धलाई अझ गाढा बनाउदै मुलुकको समृद्धि र विकासलाई आर्थिक क्रियाकलापको माध्यमबाट अझ नजिक बनाउनु पर्दछ भन्ने अभिप्रायले २००६ मा द्विराष्ट्रिय उद्योग वाणिज्य संघको रुपमा नेपाल श्रीलंका चेम्वर अफ कर्मश एण्ड इन्ड्रटिष्ज गठन भएको हो ।
संघ गठन पश्चात द्विपक्षिय लगानी अभिवृद्धिका सन्र्दमा दुवै देशका उद्यमी व्यवसायीहरु बीच संयुक्त लगानी परियोजनाहरुमा काम अधि बढाइएको नेपाल श्रीलंका उद्योग वाणिज्य संघका अध्यक्ष रमेश महर्जनले बताउनुभयो । उहाँले नेपाल र श्रीलंका बीच द्विपक्षीय संयुक्त लगानीका प्रशस्त सम्भावनाहरु रहेको बताए । खासगरी चिया, जडिवुटी, पत्थर, सिफुड, शिक्षा, पर्यटन, जलविद्युत आदि थुप्रै क्षेत्रहरु रहेका छन् ।
सन् १९९९ मा नै दुई देश बीच एग्रिमेन्ट अफ ओभिडेन्स अफ डवल टयागसेसन सम्पन्न भएकाले पनि नेपालमा श्रीलंका बीचको प्रत्यक्ष लगानीमा सहजता रहेको उनले बताए । दुईदेशबीचका सरकारी र निजीक्षेत्रवीचको सहकार्यले आगामीदिन दुईदेशिय लगानी अभिवृद्धिमा टेवा पुग्ने महर्जनको कथन थियो । हाल नेपालबाट २५ लाख बराबरको वस्तुहरु को निकासी श्रीलंकातर्फ गरेको देखिएको छ भने श्रीलंकाबाट १७ करोड बराबरका वस्तुहरुको आयात भएको सरकारी तथांकले देखाएको छ । नेपालमा श्रीलंकाबाट बैक तथा बीमा क्षेत्रमा संयुक्त लगानी प्रवाह भएको देखिन्छ । त्यस्तै पछिल्लो समय ७ वटा परियोजनामा लगानी स्वीकृत भएको सरकारी तथ्यांकले देखाएको छ ।
कार्यक्रममा नेपालका लागी श्रीलंका राजदुत स्वर्ण परेराले नेपाल र श्रीलंकाबीचको ६१ औं वर्ष गाँठ प्रवेश गर्दै गर्दा दुईदेशीय आर्थिक सम्बन्धलाई थप बलियो पार्नुपर्ने बताउदै उनले पर्यटनको प्रशस्त सम्भावना भएतापनि दुई देश बीच सिधा उडान हुन नसक्दा वार्षिक ५० औं हजार पर्यटक भारत हुँदै लुम्विनी जाने गरेको वताए ।
७४ प्रतिशत वुद्धिष्ट धर्मावलम्बीहरु भएको देश श्रीलंकाका नागरिक लम्बिनीसम्म ल्याउन सके यसले पर्यटन विकासमा महत्वपूर्ण भुमिका निर्वाह गर्ने वताए नेपालका उद्यमी व्यवशायीलाई आर्थिक अभिवृद्धिका सवालमा श्रीलंकाको निजी क्षेत्र संघ संस्थासंग बीटुटी गर्न आफूले सक्दो सहयोग गर्ने वताइन ।
सो अवसरमा पर्यटन व्यापार र लगानीका विषयमा विज्ञहरु प्रशन्न अधिकारी र अशोक पोखरेले आफनो धारणा राखेका थिए ।