काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको उपलक्ष्यमा ई–नेबल नेपाल नामक संस्थालाई प्राकृतिक, भवितब्य वा विविध कारणले हात गुमाएका बालबालिकाहरुलाई चलायमान कृत्रिम हात निर्माण र जडान गर्न रु. २ लाखको आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग गरेको हो ।
नेबल नेपाल बिगत देखि यो सामाजिक कार्यमा सक्रिय रहेको छ । यस ब्यवस्थाबाट हात गुमाएका बालबालिकाहरु पुनः आफ्नो अध्यनलाई निरन्तरता दिनुका साथै दैनिक जीवनका बिबिध कार्य गर्न मद्दत मिल्ने विश्वसा बैंकले लिएको छ ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत जीवन भट्टराई तथा ई–नेबल नेपालका महासचिव सुरेन्द्र श्रेष्ठ बीच चेक हस्तान्तरण कार्यक्रम भएको थियो ।