२०८३ भाद्र ३० मंगलबार

‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’

ई आर्थिक    बुधबार, मंसिर १२ २०७५
4.5K
Shares
‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’

काठमाडौँ, ११ मङ्सिर : योगदानमा आधारित सामाजिक सुरक्षा योजना शुभारम्भ भएकामा मजदुरहरुले ऐक्याबद्धता जनाउँदै आज साँझ माइतीघर मण्डलामा दीपावली गरेका छन् । संयुक्त टे«ड यूनियन समन्वय केन्द्रको आयोजनामा भएको दीपावली कार्यक्रममा सहभागी मजदूरहरुले उक्त कार्यक्रम आफूहरुको हितमा रहेको भन्दै खुशीयाली मनाएका हुन् ।

श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्टले मैनबत्ती बालेर उद्घाटन गरिएको कार्यक्रममा मजदुरहरुले ‘सामाजिक सुरक्षा श्रमिकलाई, धन्यवाद छ सरकारलाई’ भन्ने नारा लगाएका थिए । समन्वय केन्द्रका अध्यक्ष विश्वनाथ प्याकुरेलले उक्त कार्यक्रम शुभारम्भ हुनु मजदूरहरुका लागि महत्वपूर्ण उपलब्धि हो भन्दै सरकारी कदमको प्रशंसा गर्नुभयो ।

आजै पहिलो सामाजिक सुरक्षा दिवस मनाउँदै सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम शुभारम्भ भएको घोषणा गरेको थियो । आज राजधानीमा कार्यक्रमको उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ युगको शुरुआत भएको भन्दै श्रम गरेबापत उचित पारिश्रमिक दिने राज्य आफ्ना नागरिकको अभिभावक भएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij