काठमाडौं : चीनले सन् २०१७ मा प्रतिहप्ता दुई जना अर्बपतिलाई उत्पादन गर्ने गरेको यूनियन बैङ्क अफ स्वीट्जरल्याड (यूएसबी)ले गरेको अध्ययनले जनाएको छ । चीनमा सन् २०१७ सम्म अाइपुग्दा तीन सय १७ अर्बपति रहेका छन् । उनीहरूको संयुक्त सम्पत्तीकाे हिसाब गर्दा एक करोड खर्ब १२ अर्ब रहेको सर्वेक्षण प्रतिवेदनले देखाएको छ ।
सर्वेक्षण प्रतिवेदनले चीन विश्वका धनाढ्य व्यवसायी उत्पादन गर्ने मुलुकमध्ये अग्रणी राष्ट्र बन्न सफल भएको ठहर छ । विश्वका दुई हजार १५८ धनाड्य व्यवसायीसँगको सम्पत्ती सन् २०१७ मा १९ प्रतिशतले बढी ८.९ ट्रिलियन पुगेको प्रतिवेदनमा जनाइएको छ । तर, रिपोर्टमा यो पनि उल्लेख गरिएको छ कि स्थापित चिनियाँ धनाढ्यहरूलाई नबधनाढ्यले पछि पार्ने गरेका छन् ।
सन् २०१७ मा एक सय ६ जना नयाँ अर्बपतिले व्यवसायीको सूचीमा दर्ता गरेका थिए । यस पहिले उक्त सूचीमा रहेका ५१ जना भने धनाढ्य व्यवासायीको सूचीबाट हटेका थिए । बितेको एक दशकमा चिनियाँ पूँजीपतिले विश्वका केही ठुला तथा सफल कम्पनी स्थापना गर्न सफल भएका देखिएको यूबिइस ग्लोबल म्यानेजमेन्टका प्रमुख जोसेफ स्टाडलरले बताए ।
‘तर यो शुरुवात हो, चीनको विशाल जनसङ्ख्या, नयाँ प्रविधिको आविस्कार र उत्पादकत्व वृद्धिमा सरकारले गरेको सहयोगले चिनियाँ धनाढ्य व्यवसायीलाई आफ्नो व्यवसायको सफलताका लागि मात्र नभै जनताको जीवन पद्धतिलाई अहिलेभन्दा राम्रो अवस्थामा पुर्याउने अभूतपूर्व मौका दिएको छ,” उनले थपे ।
यूबिएस तथा लेखा परीक्षकको संस्था पिडब्लुसीले अमेरिकामा भन्दा एसियामा अहिल्य नै धेरै धनाढ्यहरू रहेकाे जनाएकाे छ । वर्तमान् प्रवृति कायम रहेमा उनीहरू धनी अमेरिकी व्यवसायीको तुलनामा आगामी तीन वर्षभित्र थप धनी बन्ने उक्त अध्ययन रिपोर्टमा उल्लेख छ । सन् २०१६ मा विश्वका धनी व्यक्तिको सूचीमा १६ जना चिनियाँ रहेकोमा अहिले विश्वका हरेक पाँच धनी व्यवसायीमध्ये एक जना चिनियाँ रहेको छ ।
सर्वेक्षण प्रतिवेदनले भनेको छ ९७ प्रतिशत चिनियाँहरू आफ्नै परिश्रमले धनी व्यक्तिहरूको सूचीमा पार्न सफल भएका छन् । अधिकांश प्रविधि तथा फुटकर सामानको बिक्रेता रहेका छन् । प्रतिवेदनमा अमेरिकी क्षेत्र अझै पनि धेरै धनाढ्य व्यक्ति भएको क्षेत्र हो तर सम्पत्ती वृद्धि गर्ने उनीको चाल निकै कम रहेको भनिएको छ । पाँच वर्ष पहिले अमेरिकाले विश्वका ८७ जना धनी व्यक्तिहरू उत्पादन गर्न सफल भएकोमा गत वर्ष सो सङ्ख्या ५३ मा झरेको छ । पश्चिम यूरोपमा सन् २०१७ मा चार सय १४ मा १७ थप गरी जम्मा चार सय ३१ पुगेको थियो ।