२०८३ साउन १० आइतबार

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा १ मट्टितेल र डिजलमा ३/३ र ग्याँसमा २५ रुपैयाँ बढ्यो

ई आर्थिक    बिहिबार, भाद्र २१ २०७५
4.9K
Shares
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, पेट्रोलमा १ मट्टितेल र डिजलमा ३/३ र ग्याँसमा २५ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । निगमले पेट्रोलमा १, मट्टीतेल र डिजलमा ३/३ तथा खाना काउने एलपी ग्यासको मुल्यमा २५ रुपैयाँ वृद्धि गरेको छ।

आयल निगम सञ्चालक समितिको बैठकले बुधबार राती १२ बजेदेखि लागू हुने गरि मूल्य बढाएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोलको मुल्य १ सय १२ तथा डिजल र मट्टितेलको मुल्य ९८ रुपैयाँ पुगेको छ। यस्तै एलपी ग्यासको मुल्य १४ सय पुगेको छ।

स्वचालित प्रणालीअनुसार इन्धनको मूल्य समायोजन गरिएको नेपाल आयल निगमले जानकारी दिएको छ ।

पछिल्लो १५/२० दिनमा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उल्लेख्य रुपमा बढेको तथा अमेरिकी डलरको तुलनामा नेपाल र भारतीय मुद्रा अवमूल्यन भएकोले पनि इन्धनको मूल्य बढाउनु पर्ने निगमको भनाई छ । सोही अनुसार अहिले भारतीय आयल निगमबाट १ सेप्टेम्बरमा प्राप्त मूल्य बढेर आएको निगमले जानकारी दिएको छ ।

मूल्य बृद्धि पछि पनि यी पेट्रोलियम पदार्थको मूल्य घाटामै रहेको छ । जसमा पेट्रोलमा प्रतिलिटर ३६ पैसा तथा डिजेल र मट्टितेलमा ४९ पैसा घाटा रहेको छ । त्यसैगरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर ३०९ रुपैयाँ ७९ पैसा घाटा रहेको निगमले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij