२०८३ साउन ११ सोमबार

चार लाख नगदसहित सत्र जुवाडे प्रहरी नियन्त्रणमा

ई आर्थिक    शुक्रबार, साउन १८ २०७५
5.4K
Shares
चार लाख नगदसहित सत्र जुवाडे प्रहरी नियन्त्रणमा

काठमाडौँ : महानगरीय प्रहरी परिसर काठमाडौँले रु चार लाख १४ हजार ५५० नगदसहित १७ जुवाडे पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँ महानगरपालिका–३२ जडीबुटीस्थित होटल कोजी ईन थकाली भान्छा घरमा कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा दोलखाका रञ्जन खड्का, रामेछापका मोहन कँडेल, प्रकाश थापा, रमेश कार्की, भुवन खड्का, नारद खड्का, मकवानपुरका श्यामकाजी महर्जन, काठमाडौँका कुमार बोहरा, सरोज घले, जीवन पाठक रहेका छन् ।

यस्तै, ललितपुरका मुकुन्द चौलागाईँ, काभ्रेका राम लामा, केदार बुढाथोकी, गोरखाका गंगा थापा, महोत्तरीका वीरेन्द्र सिंह, नुवाकोटका कुमार खड्का र नवराज सिंह रहेका छन् ।

महानगरिय प्रहरी परिसरका प्रवक्ता मोहनकुमार थापाले पक्राउ परेकासँग रु चार लाख १५ हजार ५५०, कौडा १६ थान, सेतो पिठो भएको प्लेट एक थान, जुवा खाल भुईँमा विच्छाएको तन्ना एक थान बरामद गरिएको बताउनुभयो ।

पक्राउ परेका सबैलाई जुवा मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट म्याद थप लिई अनुसन्धान भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij