२०८३ साउन ११ सोमबार

न्यूनतम पारिश्रमिक २२ हजार पु¥याउन माग

ई आर्थिक    बिहिबार, असार २८ २०७५
3.6K
Shares
न्यूनतम पारिश्रमिक २२ हजार पु¥याउन माग

काठमाडौँ : विभिन्न ट्रेड युनियन महासंघले सरकारले हालै घोषणा गरेको श्रमिकको न्यूनतम पारिश्रमिक सच्याउन माग गरेका छन् ।

नेपाल ट्रेड युनियन महासंघ स्वतन्त्र, समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघ, राष्ट्रिय प्रजातान्त्रिक ट्रेड युनियन महासंघ, स्वतन्त्र प्रजातान्त्रिक ट्रेड युनियन महासंघलगायत संघसंस्थाले आज एक विज्ञप्ति जारी गर्दै सरकारले तोकेको पारिश्रमिकले सामान्य जीवनयापन गर्न पनि कठीन हुने भएको भन्दै पारिश्रमिक बढाउन माग गरेका हुन् ।

सरकारले आफूहरुसँगको सहमति विपरीत पारिश्रमिक तोकेको भन्दै त्यसलाई सच्याउन पनि माग गरेका छन् । सरकारले आइतबार श्रमिकको तलब मासिक रु १३ हजार ४५० तोकेको थियो ।

विज्ञप्तिमा न्यून तलबकै कारण स्वदेशमै काम गरिरहेका श्रमिक विदेशिनुपर्ने अवस्था सिर्जना हुने अवस्था आउने हुनाले न्यूनतम पारिश्रमिक २२ हजार पु¥याउन माग गरिएको छ । ट्रेड युनियनले तोकिएको पारिश्रमिकको निर्णय नसच्याए आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij