२०८३ भाद्र ३० मंगलबार

दश वर्षभित्र दश हजार युवा उद्यमी

ई आर्थिक    शनिबार, असार ९ २०७५
6.7K
Shares
दश वर्षभित्र दश हजार युवा उद्यमी

काठमाडौँ, ८ असार : आगामी दश वर्षमा १० हजार युवा उद्यमी बनाइने अभियान शुरु भएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानअन्तर्गत रहेको नेपाल उद्यमशील समाजले आज ‘नेपाल उद्यमी सम्मेलन–२०१८’ आयोजना गरी सो अभियानको थालनी गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका नेता एवं पूर्वउद्योगमन्त्री नवीन्द्रराज जोशीले युवालाई उद्यमी नबनाएसम्म समृद्ध मुलुक निर्माण गर्न नसकिने बताउनुभयो ।

आफू उद्योगमन्त्री हुँदा उद्योगका लागि आवश्यक नीति नियममा विशेष ध्यान दिइएको भन्दै उहाँले रोजगारी सिर्जनामा महत्वपूर्ण भूमिका खेलेको निजी क्षेत्रको हौसला बढाउन सरकार लाग्नुपर्ने उल्लेख गर्नुभयो ।

अध्ययन प्रतिष्ठानका अध्यक्ष जोशीले युवाको नयाँ सोचलाई व्यावहारिक रुप दिन प्रतिष्ठानले महत्वपूर्ण भूमिका खेल्ने बताउँदै पढाइ सकेपछि जागीर खोज्ने सोचमा परिवर्तन ल्याउनु जरुरी छ भन्नुभयो ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले समृद्ध मुलुक निर्माणका लागि सरकारले निजी क्षेत्रको हौसला बढाउनुपर्ने बताउनुभयो । सम्मेलनमा देशभरबाट छानिएका २३ युवा उद्यमीको नयाँ व्यावसायिक परियोजना प्रस्तावमाथि छलफल भएको थियो । सम्मेलनमा युवा उद्यमीको नयाँ परियोजना उद्यमीमाथि छलफल गरेर उद्यम गर्न लगानी जुटाउने योजना रहेको नेपाल उद्यमशील समाजका संयोजक जिडी पाण्डेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij