२०८३ साउन ११ सोमबार

इटहरीमा ६ करोडको लागतमा चलचित्र घर

ई आर्थिक    शुक्रबार, असार १ २०७५
7.8K
Shares
इटहरीमा ६ करोडको लागतमा चलचित्र घर

इटहरी, १ असार : नसरीको इटहरीमा करीब रु ६ करोडको लागतमा सुविधा सम्पन्न चलचित्र घर निर्माण गरिएको छ ।
इटहरी उपमहानगरपालिका–४ मा पाँच कठ्ठा जमिनमा निर्माण गरिएको ‘इलाइट चलचित्र भवन’को आज उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरीले उद्घाटन गर्नुभयो ।

सो भवनमा दुईवटा प्रदर्शन हल रहेका छन् । एउटा हलको क्षमता २०८ जना अटाउने तथा अर्को हलको क्षमता १०८ जना अटाउने रहेको छ । चलचित्र निर्माता छवि ओझा, चलचित्र वितरकका रुपमा कार्यरत कुवेर शर्मा र कलाकार पृथ्वी प्रसार्इं लगायतको लगानीमा सो हल सञ्चालनमा आएको हो ।

इटहरीमा यसअघि सञ्चालनमा रहेका श्रीकृष्ण टाकिज र पशुपति चलचित्र भवन हाल बन्द छन् । उपमहानगरपालिकामा व्यवसायी रेवती दुलालले सञ्चालन गर्नुभएको दुईवटा हल सहितको चलचित्र भवन सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij