२०८३ साउन १२ मंगलबार

उद्योग संगठन मोरङको अध्यक्षता भीम घिमिरे

ई आर्थिक    बुधबार, जेष्ठ ३० २०७५
6.3K
Shares
उद्योग संगठन मोरङको अध्यक्षता भीम घिमिरे

विराटनगर, ३० जेठ : उद्योग संगठन मोरङको ४६औँ वार्षिक साधारणसभाले भीम घिमिरेको अध्यक्षतामा १३ सदस्यीय कार्यकारिणी समिति सर्वसम्मत चयन गरेको छ । घिमिरे यसअघि बरिष्ठ उपाध्यक्ष हुनुहुन्थ्यो ।

समितिको वरिष्ठ उपाध्यक्षमा सुयष प्याकुरेल, कोष उपाध्यक्षमा प्रदीप मुरारका, कृषि, जलस्रोत र ऊर्जा उपाध्यक्षमा राजकुमार गोल्छा तथा रोजगारदाता उपाध्यक्षमा राकेश सुरानालाई चयन गरिएको छ ।

यस्तै, कार्यकारिणी समिति सदस्यहरुमा सञ्जयकुमार अग्रवाल, सुवोध कोइराला, भोलेश्वर दुलाल, तारानाथ निरौला, सुनिलकुमार धनावत, नारायणप्रसाद मुन्दडा, विपिन कावरा र विनोद पौडेल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij