२०८३ साउन ९ शनिबार

म्यानपावर कम्पनीका कर्मचारी पक्राउ

ई आर्थिक    बिहिबार, जेष्ठ १७ २०७५
3.5K
Shares
म्यानपावर कम्पनीका कर्मचारी पक्राउ

काठमाडौँ, १७ जेठ : वैदेशिक रोजगार विभागले कतार जाने कामदारबाट बढी शुल्क लिँदै गर्दा म्यानपावर कम्पनीका एक कर्मचारीलाई आज पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा वसुन्धरास्थित डी सेन्टर ओभरसिज कन्सर्नका कर्मचारी बालकुमारी राई रहेका छन् । कतार जाने कामदारबाट रु ९५ हजार लिँदालिँदै उनलाई पक्राउ गरेको विभागका निर्देशक रामकुमार थापाले जानकारी दिनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको सचिवालयमा कामदारले उजुरी गरेपछि मन्त्रीको निर्देशनमा विभागको टोलीले उक्त ओमरसिज कार्यालयबाट कर्मचारीलाई रकम लिँदालिँदै गरेको अवस्थामा दिउँसो ४ः३० बजेतिर पक्राउ गरेको हो ।

“कतारमा फ्री भिसा, फ्री टिकट भएकाले वैदेशिक रोजगारमा कतार जाने कामदारबाट १० हजारभन्दा बढी रकम लिन पाइँदैन”, निर्देशक थापाले भन्नुभयो, “तर उक्त ओभरसिजले रु ९५ हजार लिन थालेको सूचना पाएर हामी पुग्दा रकम कामदारबाट लिँदै गरेको अवस्थामा पक्राउ गर्यौं ।”

फ्री भिसा फ्री टिकट भएको मुलुकमा कामदार पठाउँदा रु १० हजारभन्दा बढी रकम लिन नपाइने व्यवस्था छ । निर्देशक थापाले ओभरसिजका सञ्चालक विदेशमा रहेकाले आएपछि अनुसन्धान गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij