२०८३ साउन ११ सोमबार

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

ई आर्थिक    मंगलबार, जेष्ठ १ २०७५
3.5K
Shares
सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा आउने

काठमाडौँ, ३१ वैशाख : सरकारले आर्थिक वर्ष २०७५/०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते संघीय संसद्को संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका बसेको मन्त्रिपरिषद्को बैठकले सो दिन अपराह्न ४ बजे नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुरोध गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको पछिल्लो भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष निकालेको छ । सो भ्रमणले दुई देशबीचको सम्बन्ध थप मजबुत भएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij