२०८३ साउन १० आइतबार

दक्षिण कोरिया र उत्तर कोरियाबीच ऐतिहासिक शिखर बैठक शुरू

ई आर्थिक    शुक्रबार, बैशाख १४ २०७५
6K
Shares
दक्षिण कोरिया र उत्तर कोरियाबीच ऐतिहासिक शिखर बैठक शुरू

वैशाख १४, २०७५ – दक्षिण कोरियाका राष्ट्रपति मुन जे इन र उत्तर कोरियाली नेता किम जोङ उनबीच ऐतिहासिक शिखर बैठक सुरु भएको छ ।

एक दशकभन्दा बढी समयपछि दुई देशबीच पहिलो शिखर बैठक सुरु भएको  हो । दक्षिण कोरियाली राष्ट्रपति मुन जे–इनले बैठक शुरू हुनुअघि दुई देशबीचको नाकामा स्थानीय समयअनुसार बिहान साढे ९ बजे किमलाई स्वागत गर्नुभएको थियो ।

दुवै नेतालाई परम्परागत कोरियाली सम्मान गारद दिइएको थियो भने दुई देशको राष्ट्रियगान बजाइएको थियो । नेता किमलाई  दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनले स्वागत गर्नुभएको बीबीसीले जनाएको छ । उत्तर र दक्षिण कोरियाली नेताहरू गैरसैनिक क्षेत्रमा जारी बैठकमा कोरियाली प्रायद्वीपमा पारमाणविक अस्त्रको भविष्य र दुई कोरियाबीचको युद्ध अन्त्य भएको औपचारिक घोषणा लगायतका विषयमा ऐतिहासिक निर्णय लिइने आंकलन गरिएको छ ।

सन् १९५३ मा दुई कोरियाबीचको युद्ध अन्त्य भएयता दक्षिण कोरियाली भूमिमा पाइला टेक्ने किम पहिलो उत्तर कोरियाली नेता हुन् ।

यसअघि सन् २००० र २००७ मा भएको दुई कोरियाली प्रमुखबीच अहिले तेस्रो पटक यस्तो प्रकारको वार्ता हुन लागेको हो । यसलाई दुई कोरियाबीचको सम्बन्धमा महिनौंदेखि भइरहेको सुधारको  सकारात्मक संकेतको रुपमा लिइएको छ । कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij