काठमाडौं, चैत ३० । बाणिज्य बैंकको सीईओको इतिहासमा अनुपमा खुँजेलीले नयाँ रेकर्ड कायम गरेकी छिन् । नयाँ इतिहास रच्दै खुजेली निजी क्षेत्रको वाणिज्य बैंकको पहिलो महिला सीईओ बनेकी हुन ।
मेगा बैंकको सञ्चालक समिति बैठकले उनलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गरेको हो। अनुपमाले सोही बैंकमा निमित्त प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गर्दै आएकी थिइन् ।
अनिल शाह मेगाबाट पुसदेखि बाहिरिएपछि शाहको स्थानमा उनैले कार्य सञ्चालन गर्दै आएकी थिइन्।
तत्कालिन नेपाल ग्रिन्डलेज बैंकबाट बैंकिङ करियर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगामा पुगेकी थिइन्। यसअघि उनी मेगाको नायब कार्यकारी निर्देशकमा कार्यरत थिइन्।