२०८३ भाद्र ३० मंगलबार

२१ औं फ्लोरा एक्स्पोको तयारि पुरा, मेलामा जम्मा ८२ वटा स्टल रहने

ई आर्थिक    शुक्रबार, चैत्र ३० २०७४
6.4K
Shares
२१ औं फ्लोरा एक्स्पोको तयारि पुरा, मेलामा जम्मा ८२ वटा स्टल रहने
काठमाडौं । नेपालमा समग्र पुष्प व्यवसायको विकास विस्तार र प्रर्वद्धनमा कियाशिल रहेको पुष्प व्यावसायीहरुको छाता संस्था फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा हुन लागेको  २१ औं फ्लोरा एक्स्पोको तयारि पुरा भएको छ ।
पुष्प व्यवसायको व्यवसायिक प्रर्वद्धनका लागि निरन्तर रुपमा पुष्प प्रदर्शनी व्यापार मेलाहरुको आयोजना गर्दैै आईरहेको छ । व्यवसाय प्रबद्र्धनका लागि पुष्प प्रदर्शनी तथा व्यापार मेला एक प्रभाबकारी मध्यमको रुपमा रहेको छ । नेपाल सरकार कृषि, भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको सहयोग तथा पुष्प बिकास केन्द्रको सहकार्यमा फ्लोरिकल्चर एशोसिएसन नेपाल भृकुटीमण्डप प्रर्दशनीहलमा उक्त एक्स्पो सञ्चालन गर्न लागेको हो । ‘स्वच्छ वाताबरण तथा आर्थिक सम्बृद्धिको लागि पुष्प व्यवसाय’ नाराका साँथ आयोजना हुन लागेको एक्स्पोको तयारि पुरा भएको फ्लोरिकल्चर एसोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठले जानकारि दिए ।
अध्यक्ष श्रेष्ठका अनुसार, एक्स्पोमा मौसमी फूल, आलंकारीक बोट बिरुवा, कट फ्लावर, ड्राइफ्लावर, सुनखरी, कम्पोष्ट मल, फूलको गानो, विउविजन, ग्रीनहाउस, कृषि औजार, उपकरण, प्याकेजिगंका सामाग्री, सुक्ष्म तथा थोपा सिचाई प्रबिधी र विषादीका प्रदर्शनी तथा विक्री कक्ष रहने छन् । साँथै, मेलामा जम्मा ८२ वटा स्टल रहने छन । जसमध्ये १० वटा अफिसिल स्टल, १ वटा प्रतियोगितात्मक प्रदर्शनीको, ४ वटा ल्याण्डस्केपिङ्गका, ६५ वटा व्यवसायीक स्टल र २ वटा फूडस्टल रहने श्रेष्ठले उल्लेख गरे ।
मेलामा सहभागि भएका बिभिन्न पुष्प व्यवसायीहरुद्वारा उत्पादित फूल बिरुवाहरु विच स्वच्छ प्रतिस्पर्धा गराई विभिन्न बिधाहरुमा प्रथम हुने पुष्प व्यवसायीलाई नगद, सिल्ड तथा प्रमाण पत्रद्वारा पुरस्कृत गरिने समेत कार्यक्रम रहेको एसोसिएसनका उपाध्यक्ष एवं मेला संयोजक रामजीप्रसाद तिमिल्सिनाले जानकारि गराए । तिमिल्सिनाका अनुसार  उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट फूल्ने बिरुवा, उत्कृष्ट ल्याण्डस्केप, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट स्टल, उत्कृष्ट कट फ्लावर (गुलाब), उत्कृष्ट कट फ्लावर (कार्नेशन), उत्कृष्ट कट फ्लावर (जरबेरा), उत्कृष्ट कट फ्लावर (ग्लाडुओलस गरि १० विधामा प्रतियोगिता गराइने छ । साथै २०४२ सालमा स्थापित झापा जिल्ला, मेची नगरपालिकामा रहेको राज कमल नर्सरीलाई  कदर पत्रद्वारा सम्मान गरिने तिमिल्सिनाले उल्लेख गरे ।
पुष्प व्यवसायको क्षेत्रमा भए गरेका नयाँ नयाँ प्रविधि र उपलब्धि सहितका जानकारी पनि मेला स्थलमा नै प्राप्त गर्न सकिने र अन्तराष्ट्रिय स्तरमा प्रयोग भईरहेको प्रबिधीको बिषयमा समेत मेला स्थलमा जानकारी दिईनेछ । उक्त २१ औं फ्लोरा एक्स्पो  पुष्प व्यवसाय संचालन गर्न चाहने, घर आगन तथा बगैंचा सजाउन चाहने, फूल विरुवा प्रति अभिरुची राख्ने तथा यस सम्बन्धी ज्ञान हासिल गर्न चाहने सबैको निम्ति उपयोगी हुने आयोजकले दावी गरेको छ । एसोसिएसनका अनुसार गत बर्ष सम्पन्न तेस्रो अन्तराष्ट्रिय फ्लोरा एक्स्पोमा ६५ हजारले अवलोकन र ७५ लाखको व्यवसायीक कारोबार भएकोमा यस वर्ष ६० हजार अवलोकन कर्ताद्वारा अवलोकन हुने तथा ६० देखि ६५ लाख बराबरको व्यवसायीक कारोबार हुने अनुमान छ ।
यसका साँथै, एसोसिएसनले यस अघि पोखरा, धरान, लगायत देशका अन्य क्षेत्रमा फूल खेति सम्वन्धी तालिम, गोष्ठि तथा क्षेत्रीय स्तरका मेला गरिसकेको छ, आगामी वर्षमा देशका सातओटै प्रदेशमा एक एक ओटा प्रदेश स्तरिय मेला गरिसक्ने बताएको छ । त्यस्तै, १५ वर्ष अगाडी फूलको आन्तरिक उत्पादन २० प्रतिशत रहेकोमा हाल आएर ८० प्रतिशत पुगेको एसोसिएसनका अध्यक्ष श्रेष्ठले बताए । सरकारले पनि फूल खेतीलाई र फूलको वजार परुवद्र्धन गर्न भनेर हरेक वर्ष वजेट विनियोजन गर्ने गरेको बताउदै श्रेष्ठले फूलको लागि आएको वजेटको ८० प्रतिशत रकम आधुनिक ग्रीनहाउस निर्माणमा खर्च भईरहेको र वांकि २० प्रतिशत रकम वजार विस्तार तथा अन्य स साना काममा खर्च हुने गरेको जानकारि दिए ।
नेपालमा बिस २०११ बाट सामान्य स्तरमा सुरु भएको पुष्पव्यवसाय काठमाडौंमा मात्र केन्द्रिकृत नभएर धनगढी, पोखरा, नारायणघाट, हेटौंडा, बुटवल, विराटनगर, धरान, झापा लगायतका क्षेत्रमा विस्तार भईसकेको छ । गत आब २०७३÷७४ सम्म आई पुग्दा ४१ जिल्लामा लगभग ६ सय ७८ ठाँउमा पुष्प व्यवसाय बिस्तार भईसकेको छ । त्यस्तै, १ सय ५३ हेक्टर क्षेत्रफलमा पुष्प खेति भईरहेको छ । करिव ४३ हजार भन्दा बढिलाई रोजगारी दिन सफल भएको पुष्प व्यवसाय क्षेत्रले गत वर्षसम्ममा जम्मा १ अर्व भन्दा बढिको कारोबार गर्न सफल भएको फ्लोरिकल्चर एसोसिएसन नेपालले जनाएको छ । एसोसिएसनका अनुसार  आब २०७३÷७४ मा १० करोड बराबरको पुष्प तथा पुष्पजन्य बस्तुको आयात भएकोे छ । त्यस्तै, पुष्प व्यवसायमार्फत बार्षिक १० देखि १५ प्रतिशत हाराहारीमा बार्षिक बृद्धिदर रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij