२०८३ साउन १० आइतबार

कोरियन भाषा परीक्षा : पहिलो दिन १६ हजारको आवेदन

ई आर्थिक    शुक्रबार, चैत्र ९ २०७४
5K
Shares
कोरियन भाषा परीक्षा : पहिलो दिन १६ हजारको आवेदन

शुक्रबार, ०९ चैत २०७४, काठमाडौं – सन् २०१९ मा कोरिया जानका लागि खोलिएको दरखास्तमा पहिलो दिन बिहीबार १६ हजार आठ सय दुईजनाको आवेदन परेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको इपिएस कोरिया शाखाले देश, विदेश जतासुकैबाट अनलाइनमार्फत आवेदन बुझाउन सकिने व्यवस्था गरे पनि बैंकमा भने ठूलो भीड लाग्ने गरेको छ।

शाखाका सूचना अधिकारी शोभाकर भण्डारीले आवेदनका लागि ग्लोबल आइएमई बैंकका एक सय १८ शाखामा नगद जम्मा गर्न सकिने भए पनि धेरैजना एउटै शाखामा पुग्दा भीड लागेको बताए।

शाखाले दरखास्त फारमसँगै प्रतिव्यक्ति २४ अमेरिकी डलर वा त्यसबापतको नेपाली मुद्रा बुझाएपछि अनलाइनबाट आवेदन गर्न सकिने व्यवस्था मिलाएको छ। शाखाले फारम भर्ने अन्तिम मिति चैत १७ गतेसम्म तोकेको छ। फारम भरेकाले जेठ २७ र २८ गते कोरियन भाषाको परीक्षा दिनेछन्। हालसम्म करिब ५१ हजार युवायुवती रोजगारीका लागि कोरिया पुगेका छन् । नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij