२०८३ साउन ९ शनिबार

ओमानमा अलपत्र आठ नेपाली कामदारको उद्धार

ई आर्थिक    बुधबार, चैत्र ७ २०७४
5.4K
Shares
ओमानमा अलपत्र आठ नेपाली कामदारको उद्धार

उद्धार गरिएकामा द्वारिकाप्रसाद चौधरी, रामु गिरी, राजकुमार तामाङ, देवबहादुर विक, ज्ञानबहादुर थापा, विक्रम राई, राजेन्द्र गिरी र तेजेन्द्र राना हुनुहुन्छ ।

ओमानको सोहारस्थित एक कम्पनीमा काम गर्न आएका कामदारले करार सम्झौताबमोजिमको सुविधा नपाएर अलपत्र अवस्थामा रहेको भन्ने उजुरीका आधारमा दूतावासको पहलमा नेपाली कामदारलाई सकुशल स्वदेश फिर्ता गरिएको दूतावासले जनाएको छ ।

उद्धार अवधिभर पीडित कामदारलाई ओमानस्थित प्रवासी नेपाली मञ्चले खान बस्नसमेतको व्यवस्थापन गरेकामा दूतावासले धन्यवाद ज्ञापन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij