२०८३ साउन ९ शनिबार

कोरियामा थप सात हजार नेपालीलाई रोजगारीको अवसर

ई आर्थिक    शुक्रबार, फाल्गुन १८ २०७४
3.2K
Shares
कोरियामा थप सात हजार नेपालीलाई रोजगारीको अवसर

काठमाडौं– दक्षिण कोरियाले थप सात हजार नेपालीलाई रोजगारीको अवसर प्राप्त हुने भएको छ । आगामी वर्ष नेपालबाट इपीएसमार्फत ७ हजार कामदारको लागि कोटा छुट्याएसँगै सो अवसर सिर्जना भएको हो। कोरियाको मानव संशाधन विभाग (एचआरडी)ले सन् २०१९ का लागि करिब ७ हजारभन्दा बढी कामदारको कोटा सिलिङ तोकेको हो ।आगामी चैतको दोस्रो साता भाषा परीक्षामा सामेल हुनेसँग अनलाइन आवेदन लिइने र जेठको अन्तिम साता कोरियन भाषाको परीक्षा हुने इपिएस कोरिया शाखा प्रमुख निर्देशक बाबुराम खतिवडाले प्रभावलाई जानकारी दिए । त्यस्तै उनीहरूको नतिजा भने असारमा प्रकाशित हुनेछ ।

अबको वर्ष परीक्षा दिनेमध्येबाट कृषितर्फ २ हजारभन्दा बढी र उत्पादनमूलक क्षेत्रतर्फ करिब ५ हजार परीक्षार्थी उत्र्तीण हुने शाखाले जनाएको छ ।सन् २०१८ का लागि १० हजार १ सय कामदारको सिलिङ दिएको कोरियाले १२ हजार १ सय ८ जना परीक्षार्थीलाई भाषा परीक्षामा पास गराएको थियो । यो वर्ष पनि कोटाभन्दा बढी परीक्षा पास हुन सक्ने खतिवडाले बताए ।सन् २०१९ को लागि सञ्चालन हुने परीक्षाको आवेदनको लागि विस्तृत तालिका शाखाले केही दिनमा सार्वजनिक गर्ने निर्देशक खतिवडाले बताए । र, यो पटक पनि अघिल्लो वर्षजस्तै अनलाइन फारम भर्न सकिनेछ । यसले फराम भर्न रातभर लाइन बस्नु पर्ने बाध्यता पर्नेछैन । परीक्षा कहिलेबाट कहाँ÷कहाँ हुने भन्ने विस्तृत तालिका शाखाले परीक्षा आवेदन फारम संकलन गरेपछि प्रकाशित गर्नेछ ।

रोजगारीका लागि आकर्षक गन्तव्य भएका कारण धेरै आवेदन पर्ने गरेको छ । गतवर्ष कोरियन भाषा परीक्षामा झण्डै ७० हजार युवा सहभागी भएका थिए । त्यस्तै सन् २०१८ मा उत्तीर्ण भएका २ हजार ५ सय जनाको लेबर कन्ट्र्याक आइसकेको निर्देशक खतिवडाले जानकारी दिएका छन् । जसमध्येका केही कामदार कोरिया पुगिसकेका छन् । पहिलो लट फेबु्रअरी, दोस्रो मे, तेस्रो अगष्ट र चौँथौ नोभेम्बर गरी ४ लटमा कामदार लैजाने गर्छ ।लेबर कन्ट्र्याक आएका कामदारहरूलाई कोरिया पुग्नका लागि करिब १ लाख रूपैयाँ खर्च हुनेछ भने हाल कोरियामा न्यूनतम पारिश्रमिक १ लाख ४२ हजार रूपैयाँ रहेको छ ।

नेपालबाट सन् २००८ देखि इपिएसमार्फत प्रशिक्षार्थी कामदार कोरिया जान थालेका हुन् । आकर्षक कमाइ हुने भएकाले कोरिया जान खोज्ने युवाको संख्या उच्च छ । त्यहाँ ५० हजारभन्दा बढी युवा यही प्रणालीबाट भाषा पास गरेरै पुगिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij