२०८३ साउन ९ शनिबार

३० हजार लगानी गरेर साढे तीन अर्बका मालिक बने नेपाली युवा

ई आर्थिक    सोमबार, फाल्गुन १४ २०७४
4.4K
Shares
३० हजार लगानी गरेर साढे तीन अर्बका मालिक बने नेपाली युवा

सन् २००८ मा विनोदले कलेजका सहपाठी सागरसँग मिलेर खोलेको वाउ मःम खोले। उक्त ब्रान्ड अहिले भारतमै लोकप्रिय बनेको छ। सुरुमा कोलकाताको बालठोनीस्थित कम्प्लेक्सको एउटा सानो कोठा भाडामा लिएर ३० हजार भारु लगानी गरेर विनोदले खोलेको वाउ मःम ब्रान्डको मूल्य अहिले दुई सय ३० करोड भारु पुगेको छ।

कोलकातामा मात्रै विनोदको वाउ मःम ब्रान्डका ७४ वटा मःम पसल छन्। त्यस्तै भारतको वेस्ट बंगाल, हरियाणा, दिल्ली, कर्नाटक, उडिसा, उत्तर प्रदेश, चेन्नई गरी नौवटा प्रान्तमा गरी एक सय ६० वटा मःम पसल विनोदले चलाइरहेका छन्।

‘सुरुमा हामीले ३० हजार भारु खर्च गरेर कोलकाताको बालठोनी कम्प्लेक्समा एउटा सानो सटर भाडामा लिएर मःम पसल खोल्यौँ’, उनले भने, ‘अहिलेसमःम वाउ मःम फुड्स प्राइभेट लिमिटेड कम्पनीको भारतका नौवटा प्रान्तमा एक सय ६० वटा पसल खोलिसकेका छौँ। अहिले यो कम्पनीको मार्केट भ्यालु झन्डै दुई सय ३० करोड भाारु पुगिसकेको छ।’

भारतको वेस्ट बंगाल, हरियाणा, दिल्ली, कर्नाटक, उडिसा, उत्तर प्रदेश, चेन्नई प्रान्तमा एक सय ६० वटा मःम पसल विनोदले चलाइरहेका छन्।

अन्य देशबाट आयात गरिएका केएफसी, पिज्जाहटजस्ता विदेशी ब्रान्डका मःमले कोलकाताको बजारमा चर्चा पाइरहेका थिए। ‘हामी आफंैले स्थानीयस्तरमै गतिलो क्वालिटीको मःम बनाएर बजारमा बेच्दा त्यसले राम्रै स्थान पाउँछ भन्ने विश्वास हामीमा पलायो’, उनले भने, ‘अनि वाउ मःमको ब्रान्ड दिएर यो मःम बजारमा ल्याएका हौँ। आज हाम्रो ब्रान्ड भारतको बजारमा सफल पनि भइरहेको छ।’

वाउ मःम फुड्स प्राइभेट लिमिटेड कम्पनीको नामबाट सञ्चालित एक सय ६० वटा मःम पसलमा करिब एक हजार आठ सय जनाले रोजगारी पनि पाइरहेको वाउ मःम फुड्स प्राइभेट लिमिटेड कम्पनीका निर्देशकसमेत रहेका विनोदले बताए। ‘सुरुमा सबै कामदार नेपाली थिए’, उनले भने, ‘तर शाखा विस्तार हुँदै गएपछि नेपाली कामदारले मात्र धान्न नसक्ने स्थिति भएपछि भारतीयलाई पनि कामःमा राख्नुपरेको हो।’

वाउ मःम फुड्स प्राइभेट लिमिटेड कम्पनीका मःम पसलमा चिकेन, भेज, मसरुम, बर्गर, पिज्जालगायत गरी १२ देखि १४ थरी मःम पाइन्छ। ‘हाम्रो पसलका मःमको स्वाद आफ्नै किसिमको छ’, विनोदले भने, ‘क्वालिटीमा हामीले अलिकति पनि सम्झौता गर्दैनौँ। त्यही भएर ग्राहक ढुक्क भएर हाम्रो पसलमा आउँछन्।’

नौवटै प्रान्तमा वाउ मःम फुड्स प्राइभेट लिमिटेड कम्पनीका मःम उत्पादन गर्ने एकएकवटा उद्योग पनि रहेको उनले जानकारी दिए। ‘अब बंगलादेशमा पनि शाखा विस्तार गर्ने तयारी गरिरहेका छौँ’, उनले भने, ‘त्यसका लागि बंगलादेश सरकारसँग स्वीकृति लिन हाम्रो कम्पनीको एक टोली छिट्टै बंगलादेश जाँदै छ।’

बंगलादेशपछि नेपालमा पनि कम्पनीले मःम पसल खोल्ने योजना बनाएको विनोदले बताए। ‘नोकरी पाइएन भनेर नेपालका पढेलेखेका धेरै युवा विदेश गइरहेका छन्’, उनले भने, ‘नेपालमा नोकरी छैन भन्नेहरूलाई हाम्रो मःम कम्पनीले अब जागिर दिन्छ।’

भारतीय बजारमा लोकप्रिय वाउ मःम कम्पनीका संस्थापक सञ्चालक एवं निर्देशक विनोदलाई सन् २०१६ मा भारत सरकारले अनकमर अफ दी इयर नामक राष्ट्रिय पुरस्कारबाट पनि पुरस्कृत गरिसकेको छ। जागिरको सिलसिलामा तीन दशकपहिले कोलकातामा पुगेका विनोदका बुबा नारायणप्रसाद होमागाईं कोलकाताकै एक इन्जिनियरिङ कम्पनीमा लेखापाल (एकाउन्टेन्ट) पदमा कार्यरत छन्।

नेपाली युवा उद्यमी विनोदले प्रवासमा कमाएको ख्यातिले आफू पनि निकै प्रभावित भएको कोलकातास्थित नेपाली महावाणिज्य दूतावासका महावाणिज्यदूत एकनारायण अर्यालले बताए। ‘स्वदेशमा रोजगारी छैन भनेर खाडी मुलुकमा बिदेसिने नेपाली युवाका लागि विनोदको सफलता राम्रो उदाहरण बनेको छ’, उनले भने, ‘नाम र दाम दुवै कमाउन ठूलै काम र व्यापार नै गर्नुपर्छ भन्ने छैन।’ लगनशील भएर सानै काम गरियो भने पनि नाम र दाम दुवै कमाउन सकिन्छ भन्ने उदाहरण विनोद बनेका छन्। अन्नपूर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij