२०८३ साउन १२ मंगलबार

युएण्टोको पाँचौं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने

ई आर्थिक    बिहिबार, फाल्गुन ३ २०७४
3.7K
Shares
युएण्टोको पाँचौं राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा, प्रचण्डले उद्घाटन गर्ने

काठमाडौं । एकीकृत अखिल नेपाल शिक्षक संगठन(युएण्टो)को पाँचौं राष्ट्रिय सम्मेलन फागुन ४, ५ र ६ मा काठमाडौंमा हुने भएको छ । संगठनले पत्रकार सम्मेलन गरेर राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ ।

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रमुख आतिथ्यमा फागुन ४ गते भृकुटीमण्डप स्थित नेपाल पुलिस क्लवको सभाहलमा उद्घाटन समारोह हुने संगठनले जनाएको छ । त्यस्तै, फागुन ५ र ६ गते सोही हलमा बन्द सत्र सञ्चालन हुनेछ ।
‘समाजवादी शिक्षा नीतिसमाजवादी क्रान्तिको आधार, ट्रेड युनियन अधिकार, वामपनथी शिक्षक एकता र शैक्षिक विकास पाँचौं राष्ट्रिय सम्मेलनको कार्यभार’मूल नाराका साथ सम्पन्न हुन लागेको सम्मेलनले आगामी नयाँ नेतृत्व र रणनीति चयन गर्ने छ ।

संगठनको असोज २१ र २२ गते बसेको केन्द्रिय समितिको पूर्ण बैठकले पौष १० गते सम्म स्थानीयतहको, माघ २० सम्म जिल्ला तहको, माघ २७ भित्र प्रदेश तहको र फागुन ४, ५ र ६ मा राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने निर्णय गरेको थियो । सोही अनुसार स्थानीयतह, जिल्ला र प्रदेश स्तरीय सम्मेलन सम्पन्न भएसँगै संगठन राष्ट्रिय सम्मेलनको तयारीमा जुटेको थियो ।

पाँचौं सम्मेलनमा देशभरबाट ११०६ प्रतिनिधि एवं पर्यवेक्षक सहभागी हुने संगठनका वरिष्ठ उपाध्यक्ष शंकर अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार सम्मेलनको एबिसि टेलिभिजनबाट प्रत्यक्ष प्रशारण हुनेछ भने इन्द्रेणी सास्कृतिक परिवारकोे सास्कृतिक कार्यक्रमको प्रस्तुति रहनेछ ।

सम्मेलनमा संगठनलाई त्याग र बलिदानी गरेका, शिक्षा क्षेत्रमा विशिष्ट योगदान दिएका, उत्कृष्ट नमुना विद्यालय निर्माण गर्न योगदान दिएका व्यक्तिहरुलाई सम्मानित गरिने संगठनका महासचिव ऋषिराम चापागाईले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij