२०८३ साउन ११ सोमबार

उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन

ई आर्थिक    शुक्रबार, माघ १९ २०७४
2.4K
Shares
उपराष्ट्रपति नन्दबहादुर पुनद्वारा अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन

काठमाडौँ, १९ माघ । उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको हरेक राजनीति परिवर्तनमा फोटो पत्रकारको अग्रणी भूमिका रहेको बताउनु भएको छ ।

शुक्रबार भृकुटीमण्डप प्रर्दशनीकक्षमा राष्ट्रिय फोटोपत्रकार समुह केन्द्र काठमाडौंद्धारा आयोजित पहिलो अन्तर्राष्ट्रिय प्रिन्टिङ एण्ड फोटोग्राफी एक्स्पोको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनु भएको हो ।

उहाँले हरेक शासकले खोसिएका जनताका अधिकारलाई स्थापित गर्न जीवनको कुनै प्रबाह नगरी कार्यक्षेत्रमा देखाउनु भएको कामको उच्च प्रशंसा गर्नुभएको थियो ।

उपराष्ट्रपति पुनले हजार शव्द भन्दा एउटा फोटोको महत्व सयौँ गुण वढी हुने बताउदै सत्य तथ्य समाचार सम्प्रेषणमा फोटो पत्रकारले राष्ट्रका लागि पु¥याउनु भएको योग्दानको स्मरण गर्नुभयो ।

नेपाल फोटो पत्रकार समूह (एनएफपिजे) ले आयोजना गरेको उक्त प्रदर्शनी पहिलो हो । प्रदर्शनीमा सञ्चार क्षेत्रसंग सम्वन्धित उपकरण स्टलमा समावेश गरिएका छन् । प्रदर्शनी माघ २१ गतेसम्म आयोजना गरिने भएको छ ।

कार्यक्रममा रक्षामन्त्री भीमसेनदाश प्रधानले सत्य र निष्ठाको अर्का नाम फोटो पत्रकारिता भएको बताउनुभयो ।
त्यस्तै, नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराइले फोटो पत्रकारसंग समाज रुपान्तरण गर्ने शक्ति, सामथ्र्य र प्रभाव हुने चर्चा गर्नुभयो ।

कार्यक्रममा नेपाल शैक्षिक परामर्श संघको सहयोगमा राष्ट्रिय फोटोपत्रकार समुह एनएफपिजेले २०७४ साल श्रवण ५ देखि ८ गते सम्म भृकुटी मण्डपमा आयोजीत शैक्षिक मेलामा भूकम्प पछिको नेपाल नामक फोटो प्रर्दशनीमा गरिएको थियो । उक्त अवसरमा ४० भन्दा बढी फोटो पत्रकार तथा फोटो ग्राफरहरुको सहभागीतामा तिन दिने प्रत्यक्ष अवलोकनको आधारमा मनपर्ने फोटोलाई भोटिङ तथा फेशबुक मार्फत विजेता घोषणा गरिएको थियो । उक्त प्रतियोगितात्मक प्रर्दशनीमा विजेता भएका फोटोपत्रकार तथा फोटोग्राफरहरुलाई पनि उक्त कार्यक्रममा प्रमुख अतिथिको हातवाट पुरस्कार वितरण गरिएको थियो । जसमा थाहा खवरमा कार्यरत फोटोपत्रकार दीपक केसी प्रथम हुनेलाई रु ५० हजार नगद र प्रमाणपत्र त्यस्तै भक्तपुरका फोटोग्राफर सरोज बाँदे द्वितियलाई नगद रु २० हजार र तुतिय पुरस्कार विजेता दिपक केबीलाई रु १५ हजार र फोटोपत्रकार राजेश गुरुङ र स्कन्द गौतमलाई सान्तवना स्वरुप जनही रु ५ हजार, २० हजार १५ हजार र पाँच हजार नगद राशी प्रदान गरी सम्मान गरिएको थियो ।

एनएफपिजेका अध्यक्ष ध्रुब आले र नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले फोटो पत्रकार समाजको ऐना भएकाले राज्यबाट पत्रकारको सुरक्षा हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा हरि रेग्मी कार्यक्रम संयोजक, नेपाल मुद्रण संघका अध्यक्ष माधव केशी, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष प्रकाश पाण्डे, राष्ट्रिय समाचार समितिका अध्यक्ष कुलचन्द्र वाग्ले, नेपाल चेम्वर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, एनएफपिजेका अध्यक्ष ध्रुव आले लगायतले मन्तव्य राख्नुभएको थियो भने कार्यक्रम संस्थाका सचिव प्रदिपराज वन्तले सञ्चालन गर्नु भएको थियो ।
प्रदर्शनीमा जापान, ताइवान, भारत चीन लगायतका देशमा निर्माण भएका सञ्चार उपकरण ६० कक्ष मार्फत विक्री वितरणमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij