काठमाडौं । एमआई सिरिज अन्तर्गतको एमआई एवान मोवाइल फोनको अत्याधिक माग र ग्राहकवर्गको ध्यानलाई मध्यनजर गरी विशेष संस्करणको रुपमा रातो रंगमा भित्र्याएको छ । नेपालको लागि साओमीको अधिकृत विक्रेता वत्सल इम्पेक्स प्रालिले हालै सो रंगको मोवाइल भित्र्याएको हो ।
रातो रंगले प्रिमियम अनुभूति थपिएकोे यस एमआई एवान फोनमा ५.५ इन्चको डिस्प्ले, १२ एमपी प्लस १२ एमपी डुअल क्यामेरा, फोर जीबी ¥याम ६४ जीबी रोम, फूल मेटल बडी, ३०८० एम एएच ब्याटरी, रियर फिंगर प्रिन्ट सेन्सर जस्ता सुविधा तथा विशेषताहरु रहेका छन् ।
यसको उपभोक्ता प्रस्तावित मूल्य रु. २९९९९/-रहेको कम्पनीले जानकारी दिएको छ ।