२०८३ साउन ११ सोमबार

समाजप्रतिको संस्थागत उत्तरदायित्व अन्तर्गत युनाइटेड सिमेन्ट्सको अर्को फड्को, धुनिबेशी नगरपालिलाई एम्बुलेन्स

ई आर्थिक    मंगलबार, माघ १६ २०७४
4.1K
Shares
समाजप्रतिको संस्थागत उत्तरदायित्व अन्तर्गत युनाइटेड सिमेन्ट्सको अर्को फड्को, धुनिबेशी नगरपालिलाई एम्बुलेन्स

काठमाडौं । के.एल. दुगड ग्रुप अन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेशी नगरपालिकाका स्थानीयबासीलाई सहयोग पु¥याउने उद्देश्यले एक कार्यक्रम आयोजना गरी धुनिबेसी एम्बुलेन्स व्यवस्थापन समितिलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

सोही कार्यक्रममा एम्बुलेन्स सञ्चालनको निमित्त नगद एक लाख एक हजार रुपैयाँ पनि हस्तान्तरण गरेको छ ।


समयमै उपचार प्राप्त गर्नु सबैको अधिकार हो र राजधानीको नजिक भएतापनि यस भेगका बासिन्दा कयौं पटक एम्बुलेन्सको अभावका कारण समयमा उपचार प्राप्त नभई अकालमा ज्यान गुमाउनु परेको तथ्य हेल्थपोष्ट इन्चार्ज डा. शिवहरि भट्टले जानकारी गराए । युनाइटेड सिमेन्ट्सको यो सहयोग अति स्वागत योग्य रहेको डा. भट्ट तथा स्थानियबासिको भनाई रहेको छ । कार्यक्रममा धुनिबेशी एम्बुलेन्स व्यवस्थापन समितिका अध्यक्ष साईंला राईले समाजमा रहेर सामाजिक हितको निम्ति युनाइटेड सिमेन्ट्सले गरेको पहल अति उत्तम भएको र साथमा नगद सहयोगले एम्बुलेन्स सेवा भविष्यमा राम्रो गतिमा सञ्चालनमा आउने प्रतिबद्घता व्यक्त गरे ।

नेपाल गुणस्तर प्रमाण चिन्हले सु–सज्जित यस युनाइटेड सिमेन्ट, उच्च गुणस्तर र आफ्ना ग्राहकहरु प्रतिको सकारात्मक सोचका कारण छोटो समयमा गुणस्तरीय सिमेन्टको रुपमा चिनिन सफल भएको छ ।

समाजमा रहेर उद्योग संचालन गरेपछि यहि समाजको हितको निमित्त कार्य गर्नु कुनै पनि संस्थाको उत्तरदायित्व हो, भन्ने सोचका साथ ललितपुरको लेलेमा अवस्थित आफ्नै चुनढुंगा खानी र धादिङको नौबिसेमा फ्याक्ट्री रहेको युनाइटेड सिमेन्टले विगतमा पनि समाज प्रतिको उत्तरदायित्वलाई पुरा गर्ने हेतुले विभिन्न कार्य गर्दै आएको छ । यो कार्यलाई आगामी दिनमा पनि यस निरन्तरता दिने प्रतिबद्घता उद्योगले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij