२०८३ साउन ९ शनिबार

नेपाल डेरी एशोसिएसनले भन्यो- ‘एक परिवार एक गाई/भैँसी उपलब्ध गराउ’

ई आर्थिक    बिहिबार, पौस २७ २०७४
7.1K
Shares
नेपाल डेरी एशोसिएसनले भन्यो- ‘एक परिवार एक गाई/भैँसी उपलब्ध गराउ’

गाई वा भैँसी उपलब्ध गराए भूकम्पपीडितको रोजगारीसँगै आम्दानी बढ्ने र मुलुकलाई दूधमा आत्मनिर्भर बनाउनका लागि सहयोग पुग्ने एशोसिएसनले जनाएको छ ।

भूकम्प अतिप्रभावित १४ तथा सामान्य प्रभावित १७ गरी ३१ जिल्लालाई प्रभावित जिल्ला घोषणा गरिएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले ती क्षेत्रमा घर निर्माणमा आर्थिक सहयोगका साथै व्यावसायिक तथा सीपमूलक परियोजना सञ्चालन गर्दै आएको छ ।

देशभर चार लाख ५० हजार कृषक परिवार दूध उत्पादनको क्षेत्रमा आबद्ध छन् भने शहरी क्षेत्रमा दैनिक रु तीन करोडको दूध उपभोग हुने गरेको एशोसिएसनका अध्यक्ष सुमित केडियाले जानकारी दिनुभयो ।

देशमा करिब रु १५ अर्बको लगानी डेरी उद्योगमा रहेको र यस क्षेत्रले २० हजार नागरिकलाई प्रत्यक्ष रोजगारी उपलब्ध गराएको एशोसिएसनले जनाएको छ । उक्त एशोसिएसनअन्तर्गत करिब २०० उद्योग समावेश छन् ।

एशोसिएसनका महासचिव प्रह्लाद दाहालले सरकारले कृषकलाई समयसापेक्ष मूल्य समायोजन र कृषकले पनि गुणस्तरीय उत्पादन गर्नुपर्ने बताउनुभयो । मुलुकमा दैनिक ५० लाख लिटर दूध उत्पादन हुने भए पनि स्वदेशमा दूधको माग पूरा गर्न त्यसको २५ प्रतिशत दूध आयात गरिँदै आएको दाहालले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij