२०८३ साउन १० आइतबार

सुबिसु केबलनेट १८ आंै वर्षमा प्रवेश

ई आर्थिक    बुधबार, पौस २६ २०७४
22.9K
Shares
सुबिसु केबलनेट १८ आंै वर्षमा प्रवेश

काठमाडौं । नेपालको एक अग्रणी इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालि १८ आंै वर्षमा प्रबेश गरेको छ । सन् २००१ देखि केबल टिभीबाट सेवा सुरु गरेको सुबिसु, हाल देशको सुचना तथा संचार क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने एक अग्रणी कम्पनीको रुपमा स्थापित छ ।
१७ बर्षको यो कोसेढुगंोसगैं कम्पनी आफ्नो अमुल्य ग्राहकहरुलाई थप नबिनतम् तथा अत्यन्त उच्च कोटिका सेवाहरु दिन सफल भएको छ । कम्पनीले टिजिटल टिभी सेवा, इन्टरनेट टिभी–ओटीटी सेवा र एफटीटीएच र ब्रोडब्याण्ड इन्टरनेट सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीको वार्षिकोत्सबको अवसरमा सुबिसुको प्रमुख कार्यकारी अधिकृत बिनय मोहन साउदले भन्नुभयो– ‘सुबिसु सफलतापूर्वक १८ औं वर्षमा प्रवेश गर्नुमा हाम्रा ग्राहकहरुको निरन्तर साथ, माया र विश्वास हो । हामी ग्राहकहरुको यहि साथ, माया र विश्वास सदैब हामीसंग रहोस भन्ने चहान्छौ । १७ बर्षको अन्तरालमा हामी थप अनुभवी भएका छौ, यहि अनुभवका साथ हामी अझ केन्दि«त रहि आफ्ना अमूल्य ग्राहकहरुलाई थप उच्चस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।’

सुबिसुका बारेमा
सुबिसु केवलनेट प्रालिले केवल तथा डिजिटल टिभी सेवा, कन्जुमर इन्टरनेट, इन्टरप्राइज इन्टरनेट, एम पि एल एस भि पि एन एस, व्यान एथर्नेट, होलसेल आइ पि ट्रान्जिट, एम भि पि, डाटा सेन्टर सोलुसन जस्ता मनोरञ्जनात्मक सेवा तथा विजनेस सोलुसन नेपालमा प्रदान गर्दै आएको छ ।

क्लियर टिभीका बारेमा
क्लियर टिभी सुबिसु केबलनेट प्रा.लि., नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटर्वक सेवा प्रदायक कम्पनीको उत्पादन हो । यो नेपालको पहिलो डिजिटल केबल टेलिभिजन सेवा हो । जसले एमपीइजी फोर स्टैण्डर्ड डेफिनिशन र हाई डेफिनिसन च्यानललाई केबल मार्फत कन्डिसनल एक्सेस सिष्टमको प्रयोग गरी सेट टप बक्सको माध्यमबाट प्रसारण गर्दछ । हाल क्लियर टिभी, सेवामा २०० भन्दा बढी डिजिटल च्यानलहरु छन् जस्मा ५० वटा भन्दा बढि एचडि च्यानलहरु छन ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij