काठमाडौं । वानप्लसले आफ्नो प्रिमियम फ्ल्यागशिप स्मार्टफोनहरु मध्येको सबैभन्दा पछिल्लो स्मार्टफोन ‘वानप्लस ५ टि’सार्वजनिक गरेको छ । नयाँ डिभाइसका साथमावानप्लसले विश्वमा सबैभन्दाउत्कृष्ट प्रविधि बाँड्ने आफ्नो मिसनलाई प्रदर्शित गर्दै आएको छ ।
‘वानप्लस ५ टि’माउच्च रिजोल्यूशन भएको ड्यूल क्यामरा प्रणाली जडान भएको छ, जसले अहिलेसम्मकै सबैभन्दा उच्चगुणस्तरको तस्विर खिच्न सकिन्छ । यसमा जडान भएको ड्यास चार्जको कारण आधा घण्टा चार्ज गर्दा पुरा दिन कुरा गर्न सकिन्छ जुन वानप्लसको इण्डष्ट्री नेतृत्व चार्जिङ् टेक्नोलोजी प्रयोग गरेर बनाइएको छ ।
एनसेलका ग्राहकहरुको लागि हरेक हप्ता २०० एम. बि. प्रोमोस्नल डाटा प्याक पत्येक १२ हप्तासम्मको लागि प्रगोय गर्न पाइने छ ।
क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्ममाआधारित यस फोनमा ६ र ८ जीबी र्याम रहेको छ, जसले फोनको सहजयूजर एक्सपेरियन्स न्यूनशक्ति दिन्छ । ‘वानप्लस ५ टि’ ले ३४ जीएसएम नेटवर्क ब्याण्ड सपोर्ट गर्छ भने विश्वभर प्रयोगकर्ताहरुलाई सम्पर्क गराई रहन्छ ।
‘वानप्लस ५ टि’ ले उत्कृष्ट प्रयोगकर्ता अनुभवको संभावना प्रदान गर्नका लागि हाम्रो चनाखोपन र धैयर्तालाई प्रदर्शित गर्दछ’, आइ हब प्रालिका मार्केटिङ्ग म्यानेजर धिरेन्द्र कुशवाहले भने, ‘हामीले यो सिद्धान्तलाई ‘वानप्लस ५ टि’ को सबै क्षेत्रहरुमा लागू गरेका छौं । उदाहरणका लागि ड्यूल क्यामराले अहिलेको स्मार्टफोन बजारमा स्पष्ट तस्विर खिच्नको लागि सहयोग गर्दछ र प्रयोगकर्ताहरुलाई हरेक अवस्थामा आकर्षक फोटोहरु खिच्नका लागि नियन्त्रण गराउँछ । फेरी पनि यो फोनलाई प्रदर्शित बनाउन हामीले धेरै मेहनत गरेको छौँ ।
६ इन्च इम्प्रेसिभ अप्टिक अमोलेड डिस्प्ले वानप्लस ५ टि निकै पातलो छ । जुन मिडनाइट ब्ल्याककलर अप्सनमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । यो फोन वानप्लस सिरिजहरु मध्ये सबैभन्दा पातलो फोन हो । यसमा अल्मुनियमको यूनिबडी विशेषताका साथमा फोनको एजमा हार्ड लाइन राखिएको छ । यसको समानान्तर लाइन जून वानप्लस डिजाइनको मूख्य डिजाइन तत्व हो, जसले आधाभागलाई उज्यालो देखाउँछ भने अर्को भागलाई अध्याँरो प्रर्दशित गर्दछ । यसको घुमाउरो कुनाहरु र एजले गर्दा ‘वानप्लस ५ टि’लाई हातमा आरामदायीरुपमा अनुभव गर्न सकिन्छ ।
‘वानप्लस ५ टि’ मा अहिलेको स्मार्ट फोनमा हुने उच्चस्तरको रिजोल्यूशन भएको ड्यूल क्यामरा सिस्टम रहेको छ । यसमा २० मेगापिक्सेलको टेलिफोटो लेन्सका साथमा १६ मेगापिक्सेलको ड्यूलक्यामरा लेन्स रहेको छ, जसले सेन्सर र वस्तुहरुका बिचमा सहि दूरी कुनै पनि वातावरणमा तय गर्न सहयोग गर्छ । यसमा ठूलो किसिमको एप्रेचर रहेको छ, जसले तीब ्रगतिमा फोटो खिच्न र दृश्यमा स्थिरता कायम गर्न सहयोग गर्दछ ।
पोट्रेट मोडमा दुईवटा सेन्सरहरुले एक आपसमा काम गर्दछन् र अनुहार तथा ब्याकग्राउण्डका बीचमा फरक छुट्याउँछ, जतिबेला कस्टम सफ्टवेयर अल्गोरिदमले वस्तुलाई स्पष्ट र आकर्षक बनाउँछ । यसको परिणाम डेप्थअफ फिल्ड(बोकेह) इफेक्टले धमिलो ब्याकड्रपको अगाडि अनुहारलाई स्पष्ट बनाउँछ । अप्टिकल जूमका साथमा मल्टिफ्रेम टेक्नोलोजीले स्मार्ट क्याप्चरका लागि जूम गर्दा स्पष्टता दिन्छ, जब तिब्र अटो फोकसको प्रयोग ड्यूलक्यामरा सिस्टमले सटिक गणना गरेर अटोफोकसलाई ४० प्रतिशतसम्म बढाउन सक्दछ ।
यसको अल न्यू प्रो मोडले स्मार्टफोन प्रयोगकर्ताहरुलाई डिएसएलआरको जस्तै विशेषताहरु प्रदान गर्दछ । जस्तै आईएसओ, ह्वाइट ब्यालेन्स, सटर स्पीड, फोकस र एक्सपोजर मोडिफिकेसनका साथ–साथै अन स्क्रीन हिस्टोग्राम र तस्विर खिचेपछि एडिट गर्नकालागि पूर्ण नियन्त्रण गराउन आरएडब्लू इमेज फाइल सपोर्ट गर्दछ ।
पहिलो पटक वानप्लस ३ का साथमा सार्वजनिक गरिएको ड्यास चार्ज विश्वबजारमा तिब्र गतिको चार्जिङ सलुसन हो । वानप्लस ५ टि आधा घण्टाको चार्जमा नै पुरै एक दिनका लागि ब्याट्री चलाउन सकिन्छ । पावर म्यानेजमेन्टलाई ह्याण्डसेटबाट एडप्टरमा स्थानान्तरण गरेपछि फोन चार्ज भईरहेको बेलामा पनि फोन तात्ने समस्या आउँदैन् । ड्यास चार्जले जीपीएस प्रयोग भईरहेको बेलामा वा उच्च ग्राफिक्स भएका गेमहरु खेलिरहेको बेलामा पनि तीब्र रुपमा फोनलाई चार्ज गर्दछ । शक्तिशाली हार्डवेयर र बुद्धिमानी सफ्टवेयरको सहकार्यमा, ‘वानप्लस ५ टि’ ले साँच्चिकै सहज स्मार्टफोनको अनुभव प्रदान गर्दछ ।
वानप्लस ५ टिले क्वालकम स्न्यापड्रागन ८३५ प्लेटफर्मको उच्चतम् फाईदा दिन्छ जसले ४० प्रतिशत कम उर्जामा पनि शक्तिशाली कार्यदक्षता कायम गर्दछ । ८ जीबी सम्मको एलपीडिडिआर ४ एक्स र्यामका साथ, ‘वानप्लस ५ टि’ ले ठूलो मात्रामा ब्याकग्राउण्डमा विभिन्न एप्स संचालन गर्न सकिन्छ । यसको यूएफएस २.० र नयाँ टू लेन रोमको संयोजनमा २६ प्रतिशत तीब्र गतिको स्टोरेज क्षमता प्रदान गर्छ, जसमा विभिन्न गेमहरु तथा एप्स इन्स्टलगर्न वा सञ्चालन गर्न सकिन्छ ।
वानप्लसको आफ्नै अपरेटिंग सिस्टम अक्सिजनओएसले स्टकएन्ड्रोयडको आधारमूलकार्यहरुलाई विशेषताहरु त्थाउच्चताका साथमा पुनः परिभाषित गर्दै यूजर एक्सपेरियन्सका लागि अतिरिक्त सुविधाहरु प्रदान गर्दछ । ‘वानप्लस ५ टि’मा भएको नयाँ अपडेटमा रिडिङ मोड पनि रहेको छ, जसले साँच्चिकै पुस्तक पढेको जस्तो सुविधा दिन एम्बिएन्ट सेन्सर र ग्रे स्केल म्यापिंग गर्दछ । गेमिङ डु नट डिस्टर्ब मोडले बिनाकुनै नोटिफिकेसन अथवा आकस्मिक रुपमा थिचिने हार्डवेयर बटनले हुने समस्या रहित भएर प्रयोगकर्ताहरुलाई उनीहरुको मनपर्ने गेम्स खेल्ने सुविधा दिन्छ । एप प्रायोरिटीका साथमा, ‘वानप्लस ५ टि’ ले तपाईँको अधिक प्रयोग भएको एप्सलाई अतिरिक्त कार्यदक्षता सुधार गर्नका लागि लोड गर्दछ ।
वानप्लस ५ टि विभिन्न शपिंग साइट तथा देशभरीका रिटेल स्टोरहरुमा उपलब्ध छ । ६४ जीबीको मूल्य रु. ६४,९०० भने १२८ जीबीको मूल्यमात्र रु ७२,९०० रहेका कम्पनीले जानकारी दिएको छ ।
कम्पनीको उद्देश्य भनेको आधिकारिक उत्पादन प्रदान गर्नु भएको बनाएको छ । ग्राहकहरुले आईहब डटएनपीमा लगइनगर्न र आईएमईआई नम्बर जाँचेर उत्पादन आधिकारिक हो वा होईन थाहा पाउन सकिने व्यवस्था रहेको छ ।