काठमाडौं । एनआईबिएल क्यापिटल मार्केट्स लिमिटेडले नेपालको उत्कृष्ट ब्राण्डको अवार्ड हात पार्न सफल भएको छ । सीएमओ एसियाद्वारा काठमाण्डौको सोल्टी क्राउन प्लाजामा आयोजित कार्यक्रममा कम्पनीले उक्त अवार्ड हाता पारेको हो ।
विशेष महत्व भएको यस्तो अवार्ड अन्तर्गत उत्कृष्ट बैकिङ्ग, बिमा तथा वित्तीय सेवा प्रदायक कम्पनीहरु पर्दछन् । वल्र्ड सीएसआर डे र वल्र्ड सस्टेनाविलिटीका संस्थापक डा. आर.एल. भाटियाको उपस्थितिमा एक कार्यक्रमका विच अर्थराज्यमन्त्री उदय शम्सेर ज.ब. राणाले उक्त अवार्ड वितरण गर्नुभएको थियो ।
सो कार्यक्रममा बैकिङ्ग, बीमा, वित्तीय, पर्यटन, अटोमोबाइल, बायोेटेक्नोलोजी, कन्स्ट्रक्सन, रियल स्टेट आदि सेवा प्रदायक कम्पनीहरुले सहभागिता जनाएका थिए । विभिन्न क्षेत्रमा आवद्ध कम्पनीहरुको उद्देश्य तथा कार्य सम्पादनको आधारमा विजेताहरु छनौट गरिएको थियो ।