नवलपरासी, ४ पुस । यहाँका एक सामान्य व्यक्ति विषालु सर्पले डसेका बिरामीलाई घरेलु पद्धतिबाट सफल उपचार सेवा प्रदान गर्दै आएका छन् ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैँडाकोट–१३ सिखरौली निवासी डम्बरबहादुर थापा सर्पदंशित बिरामीलाई घरेलु उपचार पद्धतिबाट निको पार्दै यहाँ चर्चित बनेका छन् । थापा भारतीय सेनाका पूर्व कर्मचारीसमेत हुन् ।
विसं २०५४ देखि आफ्नै घरमा सो सेवा दिँदै आउनुभएका थापाले हालसम्म सर्पले डसेका करिब २०० भन्दा बढी बिरामीलाई कुशलतापूर्वक सफल उपचार सेवा दिइसकेका छन् । भारतीय सेनामा रहँदा चिकित्सा तालीम र आयुर्वेदमा उपवैद्य तालीम लिई प्राप्त ज्ञानलाई आफूले उपयोग गरेको थापाको भनाइ छ ।
सेवा प्रदान गर्दै आएका थापाको भनाइ छ । विषालु सर्पले लिन लागेको जीवन निःशुल्क रुपमा बचाउँदा आफूलाई आनन्दको महसुस हुने ६३ वर्षीय थापाको भनाइ छ ।
सामान्य घरेलु उपचार पद्धतिबाट हालसम्म आफूसँग आएका सबै बिरामीलाई सफल उपचार गराउँदै आएको थापाको जिकिर छ ।
“आजसम्म मसँग सबै विषालु सर्पले टोकेर आएका मकहाँ आएका सबै बिरामीलाई मैले शतप्रतिशत निको बनाएको छु”, थापाले भने ।