काठमाडौं । जेबिल्स फाइनान्स लिमिटेडले ५ः२ कित्ता हकप्रद सेयर दिने भएको छ । असार २३ गते बसेको विशेष साधारण सभाबाट पारित भए बमोजिम कायम शेयरधनीहरुकोे लागि ५ कित्ता शेयर बराबर २ कित्ता अर्थात चुक्ता पूंजीको ४०% ले हुने २३,११,६५० कित्ता हकप्रद शेयर निष्काशन गर्नको लागि छुट्याइएको छ ।
उक्त सेयर निष्काशनका लागि सन्राइज क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिएको छ ।
उक्त कार्यको लागि संझौतापत्रमा जेबिल्स फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत लक्ष्मीलाल नकर्मी र सन्राइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठले हस्ताक्षर गर्नुभएको थियो ।