२०८३ साउन ११ सोमबार

ललितपुर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन तथा सपथ ग्रहण

ई आर्थिक    मंगलबार, कार्तिक ७ २०७४
9.4K
Shares
ललितपुर उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व चयन तथा सपथ ग्रहण

७ कात्तिक, काठमाडौं । ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णलाल महर्जन निर्वाचित हुनु भएको छ । २०७२÷६÷२७–२८ गते माननीय उद्योग मन्त्री सुनिलबहादुर थापाको प्रमुख आतिथ्यतामा नेपालकै प्रथम राष्ट्रिय उत्पादकत्व अवार्ड वितरण सँगै सम्पन्न संघको ३८ औं वार्षिक साधारण सभा पश्चात भएको निर्वाचनबाट कृष्णलाल महर्जनको नेतृत्वमा आगामी २ वर्षको लागि नयाँ कार्यसमिति चयन गरिएको हो ।

नयाँ कार्यसमितिको पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्षमा भरतलाल जोशी, उद्योग तर्फको उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, उपाध्यक्ष संस्थागत तर्फ वीरेन्द्रलाल श्रेष्ठ हुनु हुन्छ भने वाणिज्य तर्फ उपाध्यक्षमा रुपकुमार शाक्य हुनु हुन्छ । त्यस्तै महासचिवमा मनोजबहादुर न्याछ्यों, कोषाध्यक्षमा सचेन्द्रराज जोशी चयन हुनु भएको छ ।

सदस्यहरुमा उद्योग तर्फ सुनिल शाक्य, सुसन महर्जन, मिलन शाक्य, कृष्ण श्रेष्ठ, रमेश सिं महर्जन र श्रीजेश लाल शिल्पकार चयन हुनु भएको छ । यसैगरी वाणिज्य तर्फ लजना श्रेष्ठ, भूमि नन्दन कर्माचाय, रुपेन्द्र राज शाक्य, महेश श्रेष्ठ, सबिन लाल प्रधान, उसन बज्राचार्य र रुपक मान महर्जन चयन हुनु भएको छ ।

संस्थागत तर्फ राजेन्द्र कुमार श्रेष्ठ निर्विरोध चयन हुनु भएको छ भने एशोसियट तर्फ राकेश भक्त मुल्मी चयन हुनु भएको छ ।

निर्वाचित अध्यक्ष, पदाधिकारी र कार्यसमिति सदस्यहरुलाई मतगणना सके लगतै निर्वाचन समितिले संघको सभाकक्षमा स्वागत गर्दै निर्वाचित प्रमाण पत्र वितरण गरिएको थियो ।

निर्वाचित अध्यक्ष, पदाधिकारी एवं कार्यसमिति सदस्यहरु द्धारा आज संघको सचिवालयमा शपथ ग्रहण गरियो । शपथ ग्रहण संघका वर्तमान अध्यक्ष सबिन श्रेष्ठले नव निर्वाचित अध्यक्ष कृष्णलाल महर्जनलाई गराइएको थियो भने पदाधिकारी एवं कार्यसमिति सदस्यहरुलाई नवनिर्वाचित अध्यक्ष कृष्णलाल महर्जनले शपथ ग्रहण गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij