२०८३ साउन ११ सोमबार

गोर्खाल्याण्ड आन्दोलनको निकास खोज्न आज वार्ता : मुख्यमन्त्री बेनर्जी अाइपुगिन सिलगुढी

ई आर्थिक    मंगलबार, भाद्र २७ २०७४
7K
Shares
गोर्खाल्याण्ड आन्दोलनको निकास खोज्न आज वार्ता : मुख्यमन्त्री बेनर्जी अाइपुगिन सिलगुढी

२७ भदौ, सिलगुढी । गोर्खाल्यान्ड माग गर्दै आन्दोलनरत दल र पश्चिम बंगाल सरकारबीच मंगलबार (आज) वार्ता हुँदैछ ।

मुख्यमन्त्री ममता बेनर्जीको आह्वानमा सिलिगुडीको उत्तरकन्यामा वार्ता हुन लागेको हो। वार्तामा सहभागी हुन मुख्यमन्त्री बेनर्जी सोमबारै सिलिगुडी आइपुगेकी छन् ।

दुई साता अघि कोलकातामा भएको छलफलपछि आन्दोलनकारी दल गोर्खा जनमुक्ति मोर्चा (गोजमुमो)बीच अन्तरकलह सुरू भएको थियो । बन्द जारी राख्ने वा खुलाउने भन्नेमा गोजमुमो अध्यक्ष विमल गुरुङ पक्ष र सहसचिव विनय तामाङबीच मतभेद भएको हो।

सिलिगुडी वार्तामा यी दुबै गुटका नेताहरुसहित गोरखा राष्ट्रिय मुक्ति मोर्चा, जनआन्दोलन पार्टी र हिल तृणमुल सहभागी बन्ने पक्का भएको छ।अाजकाे कान्तिपूर दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij