२०८३ भाद्र ३० मंगलबार

हिमालपारिको जिल्ला मनाङको अर्गानिक आलु काठमाडौँमा

ई आर्थिक    बिहिबार, भाद्र २२ २०७४
4.1K
Shares
हिमालपारिको जिल्ला मनाङको अर्गानिक आलु काठमाडौँमा

२२ भदौ, नेस्याङ (मनाङ)। बजारको अभावमा कुहिएर फाल्नु पर्ने मनाङको आलु अहिले काठमाडौँ भित्रिन थालेको छ।

मोटरबाटो नहुँदा यहाँ उत्पादन भएको स्वादिलो आलु जिल्ला बाहिर जान सकेको थिएन। जब मोटर बाटो आयो, सानै भएपनि सवारीसाधन चल्न थाले र यहाँका उत्पादन देशका कुनाकुनामा पुग्न थालेका छन्। हिमालपारिको जिल्ला मनाङ आलुखेतीको लागि प्रख्यात छ। नेपालमा अर्गानिक खेती हुने जिल्लामध्ये मनाङ अग्रपंक्तिमा पर्छ।

यहाँको प्रमुख बालीमध्ये आलुलाई लिइन्छ। अहिले आलु खन्ने समय भएको छ। वर्षको एक पटकमात्र खेतीपाती गरिने भएपनि यहाँको उत्पादनले नेपालीको मात्रै नभई विदेशीको समेत मन जितेको छ।

आलुलाई तरकारीको राजाको रुपमा लिइन्छ, त्यसमाथि मनाङको अर्गानिक आलुको कुरै बेग्लै। यहाँ आउने नेपाली पर्यटक हुन् या विदेशी पर्यटक पाएसम्म स्वादिलो आलुको परिकार खान रुचाउँछन्। मनाङका प्राय होटलमा आलुका विभिन्न परिकार बनिरहेका हुन्छन्।

मनाङका होटलमा खपत भएर आफूहरुले खानेबाहेक बाँकी सबै आलु खेर जानेगरेको आलुले अहिले भने बजार पाएको छ।

आफूलाई गुजाराका लागि मात्र खेती गर्ने गरेका यहाँका कृषकले अहिले भने व्यावसायिक रुपमा आलुखेती गर्न थालेका छन् भने मनग्ये आम्दानी पनि गर्न थालेको बताउँछन्। रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij