२०८३ साउन ९ शनिबार

बाढीले सप्तरीको भारदहमा लगाइएको करोडौँको केराखेती नष्ट

ई आर्थिक    बुधबार, भाद्र २१ २०७४
4K
Shares
बाढीले सप्तरीको भारदहमा लगाइएको करोडौँको केराखेती नष्ट

२१ भदौ, राजविराज । दुई साताअगाडि सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको भारदहमा लगाइएको करोडौँ मूल्य बराबरको केराखेती नष्ट भएको छ ।

सप्तकोशी नदीको छेउछाउमा रहेको हनुमानगर कंकालनी नगरपालिका–१ स्थित भारदहमा लगाइएको सो केराखेती नष्ट भएको हो । करिब ५०० बिघामा लगाइएको केराखेती नष्ट भएको स्थानीय कृषक दिनेश राउतले बताउनुभयो ।

विभिन्न नदी र खोलामा आएको बाढी र पहिरोका कारण खेतमा पानी पसेपछि यहाँ लगाइएका अधिकांश केराका बोट गलेर नष्ट भएका छन् । बाढीले भारदहको विभिन्न स्थानमा लगाइएको केरा खेतमा पानी थुनिएपछि अहिले केराको बोट सुक्न थालेको पीडित कृषक बैजु मण्डलले बताउनुभयो ।

यहाँ एक बिघा जग्गामा केराखेती गर्न करिब रु तीन लाखभन्दा बढी खर्च हुन्छ । बाढीका कारण केराखेती नष्ट हुँदा कृषक मारमा परेका छन् ।

सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–२ जोगिनियाँस्थित कोशी पलारमा लगाएको केराखेती समेत बाढीका कारण नष्ट भएको छ । त्यहाँ चारसय बिघामा केराखेती गरिएको थियो । सो क्षेत्रको अधिकांश केराखेती बाढीका कारण नष्ट भएको बताइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij