२०८३ साउन ९ शनिबार

होटलमा तीन दिनसम्म बन्धक बनाएर युवतीको बलात्कार, विष पिलाएर हत्या

ई आर्थिक    सोमबार, भाद्र १९ २०७४
6.2K
Shares
होटलमा तीन दिनसम्म बन्धक बनाएर युवतीको बलात्कार, विष पिलाएर हत्या

१९ भदौ, काठमाडौं । दैलेको आठबीस नगरपालिका-८मा एक युवतीको बलात्कारपछि हत्या भएको छ। कालिकोट जिल्ला घर भएकी युवतीको बलात्कारपछि हत्या भएको भन्दै प्रहरीले अनुसन्धान थालेको छ।

सुर्खेतबाट कालिकोट आउँदै गरेकी युवतीलाई ना५ख १८८७ नम्बरको ट्रक चालकले तीन दिनसम्म खिड्की जिउलाको आले होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरीको भनाइ छ।

‘होटलमा राखेर बलात्कारपछि विष खुवाएर हत्या गरेकोजस्तो देखिन्छ, विस्तृत अनुसन्धानपछि खुल्नेछ,’ जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी सुरज पौडेलले बताए ।

प्रहरीका अनुसार सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१ बांगेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मी प्रसाद आचार्यले मामा भान्जी नाता जनाएर खिड्की जिउलाको आले होटलमा युवतीलाई बन्धक बनाएर राखेका थिए । होटलमा बसेको तेस्रो दिन ९शनिबार बिहान ८ बजेतिर बलात्कारपछि विष खुवाएको हुन सक्ने प्रहरीको आशंका छ ।

शनिबार बिहान ती युवतीले विष खाएकी भन्दै राकम बजारको एक निजी मेडिकलमा ल्याएर उपचार गराउँदै गरेको अवस्थामा पीडकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शनिबार नै युवतीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटो मै ज्यान गएको हो। आजको राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij