१३ भदौ, काठमाडौं । माओवादी केन्द्रले २ असोज प्रदेश नं.२ मा हुने तेस्रो चरणको स्थानीय निर्वाचनमा अध्यक्ष प्रचण्डले नै कमान्ड सम्हाल्ने गरी रणनीति बनाएको छ । उनले मंगलबार जनकपुरमा आयोजना गरिने निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
‘कुन जिल्लामा कस्तो रणनीति लिनुपर्ने हो । सोही अनुसार अध्यक्षले जिम्मेवारी दिएर नेता परिचालन गर्नुहुनेछ,’ प्रवक्ता पम्फा भुसालले भनिन् ।प्रदेश नम्बर २ का इन्चार्ज मातृका यादवको नेतृत्वमा पनि टोली सक्रिय छ ।
पर्सामा उर्मिला अर्याल, रौतहटमा प्रभु साह, महोत्तरीमा गिरिराजमणि पोखरेल, सिरहामा विश्वनाथप्रसाद साह र अजयशंकर नायक, धनुषामा मातृका यादव र रामचन्द्र झा लगायतका नेता खटिएका छन् । माओवादीले बुधबारसम्म उम्मेद्वारको टुंगो लगाउने छ । आजको नयाँ पत्रिका दैनिकबाट