२०८३ असोज १ बिहिबार

एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति लिइनेः मन्त्री कोइराला

ई आर्थिक    सोमबार, भाद्र १२ २०७४
3.2K
Shares
एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति लिइनेः मन्त्री कोइराला

१२ भदौ, काठमाडौँ । महिला, बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइरालाले गैरसरकारी संस्थाबाट प्रदान हुँदै आएको सेवा सुविधालाई एकद्वार प्रणालीमार्फत व्यवस्थित गर्ने नीति सरकारले लिइने बताउनुभएको छ ।

रिपोर्टस क्लबले यहाँ आज आयोजना गरेको साक्षात्कारमा उहाँले भन्नुभयो – “ऐन परिवर्तन गरेर भएपनि एकद्वार प्रणाली लागू गर्नेतर्फ सरकार अगाडी बढेको छ ।”

मन्त्री कोइरालाले समाज कल्याण ऐन संशोधन गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थालाई व्यवस्थित र नियमन गरिने बताउँदै महिला बालबालिका र ज्येष्ठ नागरिकको हितका लागि मन्त्रालयले ३७ बुँदे कार्ययोजना बनाइएको जानकारी दिनुभयो ।

महिला विरुद्धको अपराध न्यूनिकरणका लागि सरकार गम्भीर रहेको चर्चा गर्दै उहाँले ज्येष्ठ नागरिक, आपाङ् र एकल महिलाको सामाजिक सुरक्षा भत्ता वृद्धि गराउनेतर्फ आफूले सक्दो पहल गरिरहेको बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij