२०८३ साउन ९ शनिबार

‘जनसत्ता’का लिखत पास गर्न गाउँपालिकाको १५ दिने ‘अल्टिमेटम’, पास नगरे सेवा-सुविधा रोक्ने धम्की

ई आर्थिक    आइतबार, भाद्र ११ २०७४
2.9K
Shares
‘जनसत्ता’का लिखत पास गर्न गाउँपालिकाको १५ दिने ‘अल्टिमेटम’, पास नगरे सेवा-सुविधा रोक्ने धम्की

११ भदौ, काठमाडौं । ‘जनसत्ता’ले पास गरेका घर जग्गा वैधता दिई सोअनुरुप मालपोत कार्यालयबाट पास गर्न गराउन जग्गाधनीलाई रुकुमको बाँफिकोट गाउँपालिकाले १५ दिने अल्टिमेटम समयावधि दिएको छ ।

जग्गा लिने दिने दुवै पक्षसँग छलफल गरी उसले यस्तो अल्टिमेटम दिएको छ ।

‘१५ दिनभित्र जग्गा पास नभए पुन? छलफल गर्छौं,’ गाउँपालिका अध्यक्ष धर्मबहादुर केसीले भने, ‘त्यसपछि पनि भएन भने गाउँपालिकाबाट पाउने सम्पूर्ण सेवा सुविधा कटौती गर्छौं ।’ गाउँपालिकाको निर्णय कार्यान्वयनमा नआए कडा निर्णय गर्ने उनले चेतावनी दिए । जनसत्ताका लिखतलाई तत्काल कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले फैसला गरेको थियो ।

नयाँ कानून नै नबनाई यसरी गाउँपालिकाको दबाबमा उक्त विषय जबर्जस्ती कार्यान्वयनमा ल्याउँदा कानूनविपरीत हुने कानून व्यवसायी शिवराम खत्रीले बताए । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij