२०८३ साउन ९ शनिबार

देउवाले पानी पिएको गिलास स्वराजले लिन खोजेपछि…

ई आर्थिक    शुक्रबार, भाद्र ९ २०७४
4.3K
Shares
देउवाले पानी पिएको गिलास स्वराजले लिन खोजेपछि…

९ भदौ, काठमाडौं । हैदराबाद हाउसको कन्फरेन्स रुममा पत्रकार सम्मेलनमा बोलिरहेका वेला प्रधानमन्त्री देउवाको घाँटी बसेको थियो ।

पत्रकार सम्मेलनको सामुन्ने देउवा दायाँतिर र भारतीय प्रधानमन्त्री मोदी बायाँतिर उभिएका थिए । मोदीपछि बोलेका देउवालाई खोकी लाग्न थालेपछि सुष्मा उठिन् ।

उनी मोदी र देउवा उभिएको स्थानतिर गइन् । दुवैजना रहेको बीचमा पानी र गिलास थियो । स्वराजले गिलास उठाइन्, मोदीले पानी राखे । बोलिरहेका देउवालाई ‘ए पानी लिजिए’ भन्दै दिइन् ।

पानी पिएपछि देउवाको गिलास पनि स्वराजले लिन खोजिन्, तर बीचमै दूतावासका कर्मचारी सिर्जना अधिकारीले समाइन् । स्वराज आफ्नो सिटमा फर्किइन् । आजको नयाँ पत्रिका दैनिक बाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij