२०८३ साउन ११ सोमबार

बाढी पीडितलाई गाँसभन्दा पनि बासको समस्या

ई आर्थिक    बुधबार, भाद्र ७ २०७४
3.9K
Shares
बाढी पीडितलाई गाँसभन्दा पनि बासको समस्या

७ भदौ, पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिका– ५ रिभान हुम्दीगाउँका बाढी पीडितलाई अहिले गाँस भन्दा बासको समस्याले पिरोलेको छ ।

गत साउन २४ गते रातिको भीषण वर्षासँगै हुम्दी खहरे खोलामा आएको बाढीले गाउँलाई बगरमा परिणत गरिदिएपछि १३ घर परिवार अहिले विस्थापित भएका छन् ।

बाढीले घरबारी सबै पुरिदिएपछि उनीहरु आफन्तको घरमा बस्दैआएका छन् । खान र लाउनका लागि सहयोग जुटिरहेको भए पनि पहिला बसिराखेको ठाउँमा पुन घर बनाएर बस्ने अवस्था नभएकोले अब कहाँ घर बनाउने भन्ने समस्या परेको वडाध्यक्ष जुमबहादुर गुरुङले बताउनुभयो ।

पीडित परिवारको अन्यत्र कतै जग्गा नभएको र त्यस ठाउँको सुरक्षित स्थानमा सार्वजनिक जग्गा पनि नभएकाले उनीहरुलाई घर बनाएर राख्ने ठाउँ पनि नभएको उहाँले बताउनुभयो ।

अहिले सहयोग दाताले दिएको नगद छुट्टै एउटा राहत कोषमा जम्मा गरेर राखिएको छ । सुरक्षित स्थानको टुंगो लागेपछि उक्त रकम घर निर्माणमा खर्च गरिने वडाध्यक्ष गुरुङले भन्नुभयो ।

सो बाढीले घरजग्गा, गाउँबस्तु, कुखुरा र बिरुवाको नर्सरीसमेत पुरेर झण्डै रु एक करोडको क्षति पु¥याएको थियो । स्थानीय देवीलाल लामिछानेले आपूmहरुको अन्यत्र कतै पनि जग्गा नभएकाले सरकारले सुरक्षित जग्गाको खोजी गरी बाँसको व्यवस्था गरिदिन हुन आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij