२०८३ भाद्र ३१ बुधबार

एक्लिदै बाबुराम, नयाँ शक्तिका नेताले दिनदिनै पार्टी छाड्न थाले

ई आर्थिक    मंगलबार, भाद्र ६ २०७४
3.8K
Shares
एक्लिदै बाबुराम, नयाँ शक्तिका नेताले दिनदिनै पार्टी छाड्न थाले

६ भदौ, काठमाडौं । डेढ वर्षअघि माओवादी केन्द्रबाट छुट्टिएर नयाँ शक्ति नेपाल गठन गरेका बाबुराम भट्टराई पार्टीमा एक्लिदै गएका छन् ।

अहिले प्रायः दिनदिनै नयाँ शक्तिका नेताले पार्टी छाड्न थालेका छन् । सोमबार नयाँ शक्तिकोसंघीय परिषदका करिब सय जना सदस्यले नयाँ शक्ति छाडि देवेन्द्र पौडेलले गठन गरेको ध्रुवीकरण संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका छन् ।

यसैगरी आइतबार संघीय परिषदका २ सय ६ सदस्यले विज्ञप्ति जारी गरी संयोजन समितिलाई समर्थन गर्ने निर्णय गरेका थिए ।हालै मात्र नयाँ शक्ति छाडेका देवेन्द्र पौडेल, पासाङ शेर्पालगायतका नेताले अन्य पार्टीमा प्रवेश गर्न ध्रुवीकरण संयोजन समिति गठन गरेका छन् । नयाँ शक्तिमा करिब नौ सय सदस्यीय संघीय परिषद छ ।केन्द्रीय समिति भने गत साउन १३ को निर्णयबाट भंग भएको छ । संघीय परिषदमा रहेका सदस्यमध्ये आधाजतिले नयाँ शक्ति छाडिसकेका छन् । आजको नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij