२०८३ साउन ११ सोमबार

सडकमा लाग्यो करेन्ट : परिवार अब खर्च कसरी धान्छन् छोइकुले ?

ई आर्थिक    शनिबार, भाद्र ३ २०७४
2.4K
Shares
सडकमा लाग्यो करेन्ट : परिवार अब खर्च कसरी धान्छन् छोइकुले ?

३ भदौ, काभ्रे। तिमाल गाउँका ३० बर्षीय छोइकु तामाङले राजधानीको सडकमा हिँडिरहँदा बिनागल्ती घाइते हुनुपर्ला भनेर साचेकै थिएनन् ।

तर, सडकमै करेन्ट लागेर उनी घाइते भए ।

लैनचौरस्थित स्काउट कार्यालयअघिको सडकमा एकाबिहानै हिडिरहेका उनलाई करेन्ट लागेको थियो । विद्युत पोलबाट चुँडिएर भुइँमा लत्रिएको तारमा बगेको करेन्ट लागेपछि उनी एकाएक ढल्न पुगे ।

उनको दुवै खुट्टादेखि माथिसम्मको भाग जलेको छ । उपचारपछि उनी अहिले घरमै आराम गरिरहेका छन् ।उनको घाउ पूर्णरुपमा निको हुन बर्षदिन लाग्ने चिकित्सकले बताए ।

उनको उपचार खर्च विद्युत प्राधिकरणले बेहोर्ने सहमति भएको छ ।मजदुरी गर्दै आएका तामाङ डेरामा बस्छन् । कमाएको पैसाले परिवारको खर्च धान्थे । तर अहिले उनको कमाइ रोकिएको छ । पत्नी गर्भवती छिन् ।

अब खर्च कसरी जुटाउने भन्ने उनलाई पिरलो थपिएको छ । आजको नागरिकबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij