२०८३ भाद्र ३१ बुधबार

नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रम अस्पतालमा

ई आर्थिक    बुधबार, साउन ३२ २०७४
4.8K
Shares
नेता निधिको स्वास्थ्य अवस्था बुझ्न प्रम अस्पतालमा

३२ साउन, काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली काँग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको छ ।

आज बिहान चावहिलस्थित ओम अस्पतालमा पुगेर उहाँले त्यहाँ उपचाररत नेता निधिको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिनुभएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियाले जानकारी दिनुभयो ।

सोमबार राति अचानक पेट दुखेपछि नेता निधि चावहिलस्थित ओम अस्पतालमा भर्ना हुनुभएको थियो । नेता निधिलाई ग्यासट्राइटिस सिभियरको समस्या देखिएको उपचारमा संलग्न डा राहुल पाठकले जानकारी दिनुभयो ।

नेता निधिको आज बिहान सफलतापूर्वक इण्डोस्कोपी गरिएको पत्रकार रामजी दाहालले जानकारी दिनुभयो । चिकित्सकले नेता निधिलाई केही दिन आराम गर्न सल्लाह दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij