२०८३ साउन ११ सोमबार

४ महिनापछी हत्या अभियोगमा सातजना पक्राउ

ई आर्थिक    सोमबार, साउन ३० २०७४
2.2K
Shares
४ महिनापछी हत्या अभियोगमा सातजना पक्राउ

३० साउन, चरिकोट । करिब ४ महिनाअघि दोलखा जिल्ला कालिञ्चोक गाउँपालिका– ७ मा मृत फेला परेका ठक्करबहादुर शिवाकोटीको हत्यामा संलग्न रहेको आशंकामा सातजनालाई दोलखा प्रहरीले पक्राउ गरेको छ ।

कालिञ्चोक गाउँपालिका–७ साविक सुनखानी गाविस ४ स्थित श्रीमाल सामुदायिक वनमा गत चैत १६ गते शिवाकोटीको शव फेला परेको थियो । सो घटनामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यालयले सातजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा साविकका सुनखानी गाविस– ४ का २४ वर्षीय रवीन्द्र शिवाकोटी, जुंगु गाविस– ४ का २० वर्षीय विक्रम कार्की, साविकला पिलाङ गाविस– ९ का २२ वर्षीय राजन थापा, सुनखानी गाविस– ४ का २८ वर्षीय नकुल तामाङ, सुनखानी– ४ कै २१ वर्षीय विष्णु तामाङ, २८ वर्षीय कुमार ढुंगेल र ३८ वर्षीय रामकाजी तामाङ छन् ।

पक्राउ परेका उनीहरुलाई दोलखा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेकोे जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख डिएसपी रामेश्वर कार्कीले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij