२६ साउन, काठमाडौं । नेपाली महिलाको प्रमुख चाड हरितालिका तीज नजिकिँदै गर्दा सुनको मुल्य क्रमश बढ्न थालेको छ ।
नेपाली बजारमा यस् समय सुनको कारोवार बढी हुने गरेको छ । तर चाडको मुखमा यसरी सुनको मुल्य बढ्दै जदा उपोभोक्ता भने मारमा परेका छन्।
नेपाली बजारमा बिहीबार (आज ) सुनको भाउ ह्वातै बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँ महंगो भएको छ । अघिल्लो दिन तोलामा ३ सय रुपैयाँ बढेको सुनको भाउ आज फेरी ५ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला ५४ हजार ९ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिन प्रतितोला ५४ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
आज चाँदी प्रतितोला ७ सय ५० रुपैयाँमा कारोवार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला ७ सय ३५ रुपैयाँ थियो । आज चाँदी तोलामा १५ रुपैयाँले महंगिएको हो ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा आएको परिवर्तनका कारण नेपाली बजारमा पनि सुन महंगिएको महासंघले जनाएको छ ।