२३ साउन, काठमाडौं । ललितपुरको कुसुन्तीमा प्रहरी ‘इन्काउन्टर’मा एक जनाको मृत्यु भएको छ ।
लागूऔषध कारोबारमा संलग्न रहेका प्रवीण खत्रीको मृत्यु भएको हो । खत्रीसँग हतियार रहेको सुराकीका आधारमा महानगरीय अपराध महाशाखाको टोली उनको घरमा पुगेको थियो । तर, प्रहरीलाई देख्नासाथ उनले गोली चलाएपछि प्रहरी टोलीले जवाफी कारबाही गरेको बुझिएको छ ।
खत्रीलाई प्रहरी टोलीले विहानैबाटै पिछा गरेको थियो । प्रहरीका अनुसार घट्नास्थलबाट खत्रीले बोकेका दुइवटा पेस्तोल बरामद गरेको छ । गोली लागेर घाइते भएपछि खत्रीलाई पाटन अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले उनको मृत्यु भएको घोषणा गरेका छन् ।