२२ साउन, काठमाडौं । भोलि श्रावण २३ गते सोमवार श्रावण शुक्ल पूर्णिमामा खण्डग्रास चन्द्र ग्रहण लाग्ने भएको छ ।
रातको ११ बजेर ०७ मिनेटमा स्पर्श गर्ने चन्द्र ग्रहण रातको १२ बजेर ०६ मिनेट जाँदा मध्य हुनेछ भने रातको १ बजेर ४ मिनेट जादा मोक्ष वा सकिनेछ । ग्रहण लाग्ने भएकोले भोलि दिनको २ बजेर ०७ मिनेटदेखि बाल,बृद्ध र बिरामीलाई बाहेक अरुले भोजन गर्न नहुने पनि ज्यातिषिहरुले बताएका छन् ।
चन्द्रग्रहणबाट सबै राशिहरू प्रभावित हुन्छन् तर केही राशिलाई फाइदा अनि अन्य केहीलाई बेफाइदा हुन्छ । यो खण्डग्रास चन्द्रग्रहण श्रवण नक्षत्र र मकर राशि भएका मानिसका लागि कष्टप्रद छ । त्यसैले यो राशि र नक्षत्र भएका मानिसले जप, दान गर्नु हितकर हुन्छ ।
मेष : सुख र शुभ
वृष : मानसम्मानमा कमी
मिथुन : शारीरिक कष्ट
कर्कट : दाम्पत्य जीवनमा कष्ट
सिंह : कार्यसिद्धि, सुख
कन्या : चिन्ता तथा तनाव
तुला : रोग, भय
वृश्चिक : धनलाभ
धनु : हानि
मकर : चोट र भय
कुम्भ : धनहानि
मीन : धन र लाभ वृद्धि