२०८३ साउन ९ शनिबार

बारामा एक अर्बको चैतेधान उत्पादन

ई आर्थिक    शुक्रबार, साउन २० २०७४
5.6K
Shares
बारामा एक अर्बको चैतेधान उत्पादन

२० साउन, कलैया । बारामा आर्थिक वर्ष २०७३-७४ मा रु एक अर्ब नौ करोड ९४ लाख १३ हजार बराबरको ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।

जिल्ला कृषि विकास कार्यालयका सूचना अधिकृत रामदयाल ठाकुरका अनुसार कोल्हनी, नरही, बरियापुर, पकडिया, सिम्रौनगढ, रामपुरा, सपहीका कृषकले नौ हजार ६९५ हेक्टरमा हर्दिनाथ–१, चैते–२, चैते–४, स्थानीय कुरिया र बगही जातको चैतेधान खेती गरी ५२ हजार ३५३ मेट्रिक टन चैतेधान उत्पादन भएको छ ।

उत्पादित चैतेधान अहिले बजारमा प्रतिक्विन्टल रु दुई हजार एक सयका दरले बिक्री भइरहेको छ । चैतेधान खेती गर्न सरकारले कृषकलाई बीमाको ७५ प्रतिशत र खेतीका लागि प्रतिहेक्टर रु पाँच हजार अनुदान दिने व्यवस्था गरेको छ । आव २०७२÷७३ मा कृषकले नौ हजार ६९० हेक्टर जग्गामा विभिन्न जातको चैतेधान खेती गरी ५१ हजार ८४१ मेट्रिक टन धान उत्पादन गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij